देबु बानियाँ
मेचीनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अबको प्रधानमन्त्री विश्वप्रकाश शर्मा भनेर विभिन्न मिडियामा प्रकाशित समचारप्रति आफ्नो गम्भिर ध्यान आर्कषण भएको बताएका छन् ।
मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको प्रचार प्रसार अभियानमका क्रममा आयोजित विभिन्न स्थानका कोणसभामा बोल्दै नेता शर्माले अहिलेको निर्वाचनबाट नै आफु प्रधानमन्त्री हुने आसय व्यक्त नगरेको स्पष्ट पारे ।
मतदाता समक्ष मत माग्न पुगेका शर्माले बोल्दै भने–‘ केही दिन अघि पत्रकार ऋषी धमलाले केपी ओली प्रधानमन्त्री भए भने तपाई सघाउनु हुन्छकी हुँदैन भनेर सोधको प्रश्नमा मेरो उत्तर थियो ‘ऋषीजी कुनै बेला सुशिल कोइराला र केपी ओलीबिचको चुनाव हुँदै गर्दा मैले खुलेआम भनेको थिए, कान्तिपुरमा लेख लेखेको थिए । आदरणीय शुसिल दाई तपाईले नेतृत्व गरेर केपी कमरेड समेत सहभागि भएर देशले सविधान पाएको छ । अब फेरी तपाई प्रधानमन्त्री बन्नु हुन्न ।
के का लागि प्रधानमन्त्र िबनने ? तपाइले आफ्नो संघैको सहयोद्धा केपी ओलीलाई नेतृत्व सुम्पिनु पर्छ । त्यसपछि उहाँले मान्नु भएन । उहाँ प्रधानमन्त्रीको लागि उम्मेदवार बन्नु भो । उम्मेदवारी बन्ने दिन पनि मैले लेखेको थिए । शुसिल कोइरालाले होइन यो प्रधानमन्त्रीमा केपी ओलीले जित्नु पर्छ । त्यस बेला त मैले त्यसरी भने । आफ्नै पार्टीको नेताले त्यो उम्मेदवारी दिन गलत हुन्छ भनेर मैले भने । अब केपी ओली झापाबाट पहिलो पटक प्रधानमन्त्री बन्नु भएको व्यक्तित्व अब फेरी प्रधानमन्त्री बन्नु भयो भने मैले नसघाउने, सुबेक्षा व्यक्त नराख्ने भन्ने हुँदै हुँदैन ।’ मैले भने ।
फेरी पत्रकार धमलाले सोधे काङ्ग्रेसबाट गगन थापा प्रधानमन्त्री बन्नु भयो भने सघाउनु हुन्छ ? शर्माले भने–‘ए ऋषी जी गगन थापा त म केन्द्रीय अध्यक्ष हुँदै गर्दा मेरो कमिटिको उपाध्यक्ष । मसँग एउटै टिममा रहेर काम गरेको मान्छे । मेरो साथी हुन् । उनी प्रधानमन्त्री बन्ने अवसर आयो भने त मैले गौरव गर्नु पर्छकी हिजो उनी अगाडी बड्दै गर्दा मैलो हुर्काउन बढाउन सहयोग गरेको मेरो साथी, भाई प्रधानमन्त्री बन्दै गर्दा मैले किन नसघाउने ?’ फेरी शर्माले थपे–‘ तर, अहिले चाहिँ प्रधानमन्त्री बन्दै गर्दा सम्भवत अघिल्लो पुस्ताको प्रतिस्पर्धामा अगाडी हुन्छन् । तर जब हाम्रो पुस्ताको प्रधानमन्त्री बन्ने कुरा आउँछ ।
त्यसबेलको क्यानिडेट म आफै छु । क्षेत्र नम्बर १ का मतदाताले आर्शिवाद दिनु भयो भने यो पटक सांसद बनुला । मन्त्री बनुला यो पटक । तर कुनै बेला यो देशको म पनि प्रधानमन्त्री बनुला । ममा पनि त्यो आकाङ्क्ष छ । देश विदेश हेरेको छु । हुम्ला जुम्ला पुगको छु । मुगु कर्णाली, रुकुम रोल्पा हिडेको गएको छु म । मधेसको मर्म बुझेको छु मैले । त्यसकारण मलाई त्यो आकाक्षा छ ।’
बुधवार आयोजित क्षेत्र नम्बर १ का एक दर्जन कोणसभालाई सम्बोधन गर्दै शर्माले भने–‘मलाई बढा अचम्म लागेको छ । बाहिर समाचार आउँदै गर्दा विश्वप्रकाशले अबको प्रधानमन्त्री म भनेर आएको छ । म आफै समाचार पढेर छक्क परेको छु । अनि आफै हाँसै । त्यो भन्दा बढी के नै गर्न सक्छु र म । तर ममा त्यो आकाङ्क्षा नभएको होइन । त्यस आकाङ्क्षालाई पुरा गर्न एउटा समय आउँछ ।’ उनले भने–‘तर अहिले म केवल एउटा सांसदको उम्मेदवार मात्र हो । स्वभाविक छ सांसद भएर जितेर गएपछि मन्त्री बन्ने चाहाना हुन्छ । राष्ट्रको मुहार परिवर्तन गर्नु छ ।’
प्रचार अभियान अन्तरगत बुधवार मेचीनगर ६ को मेचीडाँडा, सालघारी, रानागाउँ, मेचीनगर ९ को थोप्लेविरान, बुद्धशान्ति गाउँपालिकाको जोरलावर, धिमालबस्ती लगायतका क्षेत्रमा कोणसभा सम्पन्न भएका थिए । कोणसभालाई प्रदेश क का उम्मेदवार केशवराज पाण्डे, प्रदेश ख का उम्मेदवार अशोक पोखरेललगायतले सम्मबोधन गरेका थिए ।