Kanakai Online

झापा १ लाई गालीमुक्त क्षेत्र बनाउने शर्माको उदघोष


शुक्रवार, मंसिर १, २०७४ |

काकडभिट्टा । क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेद्वार बिश्व प्रकाश शर्माले एकले अर्काको खट्टा तान्ने, सिध्याउने, गाली गर्ने लगायतका कार्य बन्द गर्नु पर्ने बताउनु भयो ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका शर्माले यस क्षेत्रलाई बन्द तथा गाली मुक्त क्षेत्रको रुपमा लिएर जाुन पर्ने जिकिर गर्दैे सबै राजनितिक दलले राजनितिक परिर्वतनका लागि आफ्ना दलमा भएका नराम्रा कुरालाई फ्याकेर राम्रा कुरालाई गाँस्दै अगाडी बढेको खण्डमा देशले समृद्धिको गति लिने बताउनु भयो ।
प्रदेशसभा क का उम्मेद्वार केशवराज पाण्डेले हाम्रो अर्जुन दृष्टिकोण भनेकै मुलुकको समृद्धि हो । त्यसैले अव राजनितिक झगडामा अल्झिनुको सट्टा देश निर्माणमा समय खर्चिनु पर्ने बताउनु भयो ।
मेचीनगरका विभिन्न वडाहरुमा भएको कोणसभा तथा घरदैलो कार्यक्रम अन्तर्गत सामानुपातिक उम्मेद्वारद्धय तम्मर राई, गोपाल तामाङ्ग , नेपाल महिला संघकी केन्द्रिय सदस्य गोमा भट्टाराई लगायतले बोलेका थिए ।
फोटो १’२ र३ मेचीनगर ६ स्थित भान टोलमा घरदैलो कार्यक्रम अन्तर्गत कार्यकताहरु नाचगाँन गर्दे उम्मेद्वारहरु सहित मत माग्दै ।
फोटो ६र ७, भद्रपर ९ स्थित डाँगबिारी,महेन्द्रनगर चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै विश्वप्रकाश शर्मा र केशवराज पाण्डे ।