बिर्तामोड २९ कार्तिक । झापा निर्वाचन क्षेत्र–२ का उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन् ।
नेकपा एमाले,माओवादी केन्द्र र राप्रपाका गठबन्धनका उम्मेदवार निर्वाचन क्षेत्र–२ अन्तर्गतको अर्जुनधारा–१ मा घरदैलो अभियान सम्पन्न गरेका हुन् ।
अर्जुनधारा– १ अन्तर्गत गहँुम’खी,साधुटार,हचुमासा सामुदायिक वन,शान्तिचोक,खैंरेनी लगायतका क्षेत्रमा घरदैलो अभियानमा स्थानीय नेता तथा कार्यकर्ता सहित उम्मेदवार भोट माग्न व्यस्त थिए ।
घरदैलो अभियानमा झापा निर्वाचन क्षेत्र–२ का प्रतिनिधि सभा उम्मेदवार पवित्रा निरौला खरेल,प्रदेश सभा–२ का उम्मेदवार बिर्ख प्रधान,माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार रोशन कन्दङवा,नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभाका समानुपातिक उम्मेदवार बिमला बिक,कमला थापा मगर,राप्रपाका प्रदेश समानुपातिक उम्मेदवार राजु धमाला,नेकपा एमालेका अर्जुनधारा नगर अध्यक्ष प्रेम सागर सापकोटा,माओवादी केन्द्रका अर्जुनधारा नगर अध्यक्ष भूपेन्द्र न्यौपाने,राप्रपाका नगर उपाध्यक्ष सूर्य खतिवडा लगायतको उपस्थिती रहेको थियो . यता उम्मेदवार सहितको टिमले अर्जुनधारा–४ मा समेत घरदैलो अभियान सम्पन्न गरेको वडा अध्यक्ष दुर्गा दाहालले बताए ।
त्यसैगरी झापा क्षेत्र नम्बर ३ को राजगढ, गोलधाप र भद्रपुरमा मतदाता भेटघाट तथा कोणसभा सम्मपन्न भएको छ ।
कार्यक्रममा प्रतिनिधिसभाका उम्मेद्वार राजेन्द्र लिङ्देन, प्रदेशसभाका उम्मेद्वार पूर्णसिंह राजवंशी, भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ, बसन्त बानिया, पुष्प पोखरेल लगायतको सहभागीता थियो । कोणसभामा उम्मेद्वारहरुले आफ्नो प्रतिवद्धता जाहेर गरेका थिए भने पुष्प पोखरेलले गठबन्धनका बिषयमा प्रष्ट पारेका थिए ।