Kanakai Online

राजनैतिक कुराले मात्रै देश बन्दैन शर्मा


मङ्गलवार, कार्तिक २८, २०७४ |

काकडभिट्टा । क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेद्वार बिश्व प्रकाश शर्माले राजनितिक कुराले मात्र देश नबन्ने हुदाँ अब समृद्धिको बाटोमा लाग्नु पर्नै कुरामा जोड दिनु भयो ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका शर्माले सिंङ्गो देशका राजनितिक पार्टीहरु एक ठाँउमा उभिएर सबैले म म भन्दै विगतमा भएका कुराहरुलाई छाडेर देशलाई समृद्धि तर्फ लानु पर्ने आवश्यकता रहेको बताउनु भयो । सविधान निर्माणको क्रममा मधेसी, आदिबासी जनजाती, दलित,महिला लगायतको भावना तथा मर्मलाई केहि मात्रमा सम्बोधन गरी सबैलाई गाँस्न सक्ने कसले लायक्त्ता राख्दछ् त्यो महत्वपूर्ण कुरा हो । त्यसैले आपूm विगतको चुनाबमा हारेपनि नहराएको जिकिर गर्दै शर्माले भन्नु भयो, “तपाईहरुको आर्शीबाद, माया,स्नेहका कारण निवार्चनको मैदानमा आएको हु ।”
प्रदेशसभा क का उम्मेद्वार केशवराज पाण्डेले खुल्ला अर्थतन्त्रमा विश्वास राख्ने भएकोले चीन र भारत समृद्धिको शिखरमा पुगिसकेको अवस्थामा अवको दिनमा सबै नेतृत्वले एक जुट भएर त्यहि पदचाँप समाउदै एउटै लक्ष्य राख्नु पर्ने बताउनु भयो ।
मेचनिगरका विभिन्न वडाहरुमा भएको कोणसभा तथा घरदैलो कार्यक्रममा उक्त कुरा बताएका हुन ।
 
फोटो \ मेचीनगर १ स्थित गाडागल्ली चोकमा कोणसभालाई सम्बोधन गर्दै विश्वप्रकाश शर्मा ।