कनकाई अनलाईन
माई नगरपालिका चेप्टीमा अंशबण्डाको झगडाका कारण आफ्नै बुबाको छोराले हत्या गरेका छन । आजै बाबुको हत्या आरोपमा छोरा पक्राउ परेका छन् ।
माई नगरपालिका २ चेप्टीका ७० वर्षीय लोकबहादुर कुमालको हत्या गरेको आरोपमा माई नगरपालिका–२, चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । दिपकले जेठ ८ गते अंशबण्डाको विषयमा विवाद भई कुटपिट गर्दा लोकबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
बाबु हत्या आरोपमा पक्राउ परेका छोरालाई आवश्यक कार्वाहीका लागि प्रहरीले लगेको छ ।