Kanakai Online

गर्मीमा पौडी खेल्नजादा कनकाईका सलिमको मृत्यु


शुक्रवार, जेठ १९, २०८० |

कनकाई अनलाईन

अत्याधिक गर्मीका कारण खोलामा पौडी खेल्न जाने क्रममा डुबेर झापा कनकाई नगरपालिका २ का २१ बर्षिय सलिम गुरागाईको शुक्रवार साँझ आज डुबेर मृत्यु भएको छ ।


कनकाई नगरपालिका २ निवासी गुरागाई साथीहरुसहित स्थानीय कनकाई नदि दोमुखा क्षेत्रमा दिउसो ४ बजेतिर पौडी खेल्न गएकोमा ४ः १५ बजेतिर अचानक डुबेर मृत्युभएको कनकाई नगरपालिका २ का वडाअध्यक्ष बलराम राई प्रतापले कनकाई अनलाईनलाई जानकारी दिनुभयो ।

हाल मृतक युवकको शवलाई पोस्ट म्याटमका लागि दमकतर्फ लगिएको छ । झापामा पछिल्लो समय अत्याधिक गर्मीका कारण प्राय सबै विद्यालयहरुलाई केहि दिनका लागि विदा समेत दिइएको छ ।
तस्वीर मृतक ः गुरागाई