Kanakai Online

सिम्रिक बचतले बिद्यार्थीलाई दियो झोला


शुक्रवार, जेठ १९, २०८० |

कनकाई अनलाईन
बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बाल बचत कर्ता सदस्यलाई किताब बोक्ने झोला वितरण गरेको छ ।

सेवाकेन्द्र सुरुङ्गा अन्तर्गतका नियमित बाल बचतकर्ता सदस्यलाई आज बिहिबार एक कार्यक्रमकाबिच ब्याग बितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी कन्काई २ का वडाध्यक्ष बलराम राई , संस्थाको सुरुङ्गा सेवाकेन्द्र प्रमुख दिवस गजुरेल लगायतले १५ जना बालबचतकर्ताका अभिभावकलाई संयुक्त रुपमा झोला वितरण गरेको संस्थाका आइटी साहयक बिजय पाण्डेले जानकारी दिए ।

प्रमुख अतिथि राईले संस्थाले गरेको कार्यको खुलेर प्रसंशा गर्दै बालबालिकाको नाममा खाता खोलेर बचत गर्ने बानीको बिकास गर्न अभिभावकलाई आग्रह समेत गरे ।

मासीक नियमित ५ सय भन्दा माथि बचत गर्ने बालबचतकर्तालाई प्रोत्साहन गर्ने उदेश्यले प्रत्येक बर्ष किताब बोक्ने झोला वितरण गर्दै आइरहेको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए ।

संस्थाले चालु आर्थिक बर्षमा ५ सय भन्दा बढी बालबचतकर्तालाई ब्याग वितरण गर्ने कार्यक्रम तय भएको र सोहि अनुसार धमाधम वितरण गरिरहेको पनि उनले बताए ।

साथै उक्त कार्यक्रममा ४ जना सदस्यलाई उपचार खर्च समेत प्रदान गरिएको थियो ।

सदस्य बबिता ढकाललाई २२ हजार ९ सय ३४, प्रकाश थापालाई ४ हजार ५ सय , रेनुका खड्कालाई ३ हजार ३७, नगेन्द्र प्रसाद कोइरालालाई २ हजार ८ सय ३८ गरी ३३ हजार ३ सय ९ रुपैंया संस्थाले प्रदान गरेको हो ।

राहात सुविधामा आबद्ध भएका १ हजार भन्दा बढी शेयर सदस्यलाई उपचार खर्च तथा बिल भरपाईको आधारमा १ करोड १० लाख बढी रकम वितरण गरिसकेको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए ।

सम्बन्धित खबर