लीलाराज झापाली ।
सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित कनकाई माविको खेल मैदानमा प्रथम पुर्वाचलस्तरीय टि टवाइन्टी नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
ीहजो सोमबार भएको अन्तिम पहिलो चरणको खेलमा अन्तराष्ट्रिय खेलाडी महबुव आलमको नेतृत्वमा रहेको युथ क्रिकेट एकाडेमी राजविराजको टिमले विर्तामोड युनाइटेडलाई ६ विकेटले हराउदै आफ्नो दोस्रो चरणको यात्रा तय गरेको छ । निर्धारित २० ओभरको खेलमा पहिले व्याटिङ्ग गरेको विर्तामोडले ८ विकेटको क्षतिमा ११६ रन वटुल्न सकेको थियो । जसमा विर्तामोडको तर्फबाट राज थापाले सर्वाधिक ३८ रन जोडे भने कविराज पराजुलीले १५ विनित वास्तोलाले १३ , भुवन मेचेले १८ , हितमान श्रेष्ठले ३ , संजिव थापाले २ तथा समिर कार्कीले व्याक्तिगत ४ रनको योगदान दिए । विर्तामोडका व्याटमेनलाई सस्तैमा समेटने क्रममा राजविराजका एक्कै खेलमा १० विकेट लिएर अन्तराष्ट्रिय क्रिकेटमा विश्वरेकर्ड राख्न सफल वलर महवुव आलमले सर्वाधिक ३ विकेट लिए भने अर्का वलर विवेक झाले समान ३ तथा रविन सिंहले १ र गुणानन्द रोएले १ विकेट लिए । ११७ रनको मध्यम स्कोर राजविराजले १४ ओभर खेल्दै ४ विकेटको क्षतिमा भेट्टाएको थियो । राजविराजको तर्फबाट महबुब आलमले २२ रन बनाएका थिए ।
उनी खेलको म्यान अफ द म्याच समेत भए । उनलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल तथा युवा समाजसेवी सुधन घिमिरेले नगद १ हजार प्रदान गर्नुभयो । राजविराजका तर्फबाट अमृत यादवले २८ रन गुमानान्द रोहितले सर्वाधिक ३० तथा अमृत यादवले ५ रन बनाए । आज विहान हुने मंगलवारको पहिलो सेमिफाईनल खेल पुर्वाचल विराटनगर र युथ क्रिकेट एकाडेमी राजविराजविच हुने आयोजक समितिका सचिव विश्वास अधिकारीले बताए । कनकाई सचेत युवा क्लवको आयोजना तथा ह्वाईट वास क्रिकेट क्लव सुरुङ्गको सह आयोजनामा सुरु भएको खेलमा पुर्वाचलका विभिन्न ८ टिमका सहभागिता रहेको छ ।
प्रतियोगितामा विजयी तथा उपविजयी हुने टिमले नगद ३० हजार १५ हजार नगद तथा ट्रफि पाउनेछ । प्रतियोगिताका लागि कनकाई नगरपालिकाले ३० हजार नगद सहयोग गरेको आयोजक समितिका अध्यक्ष निषेष ओलीले बताए ।
तस्वीर म्यान अफ द म्याचको नगद लिदै आलम ः लीलाराज झापाली ।