लीलाराज झापाली
सुरुङ्गा । कार्तिक २० गते । झापामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ५ जनाले उम्मेद्धारी फिर्ता लिएका छन ।
आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि झापामा १ सय ४६ जनाको उम्मेद्धारी परेको थियो ।
झापामा ५ प्रतिनिधि निर्वाचन क्षेत्र र १० प्रदेशसभाको निर्वाचन क्षेत्र गरेर १५ निर्वाचन क्षेत्र रहेको छ । जसमा प्रतिनिधि सभाका २ र प्रदेशसभाका ३ गरी पाँच जनाले भने उम्मेद्धारी झिकेको निर्वाचन कार्यालयले जनाएको छ ।
जसमा वागी उम्मेद्धारहरु समेत रहेका छन । उम्मेद्धारी फिर्ता लिनेहरुमा झापा ४ बाट प्रतिनिधि सभाको नेपाली कांग्रेसका वागी उम्मेद्धार रमेश श्रेष्ठ र २ को प्रतिनिधिसभाका नेकपा मालेका उम्मेद्धार खगेन्द्र प्रसाईँ रहनुभएको छ ।
यो सगै झापा ४ मा देउमान थेवेलाई राहत मिलेको छ । श्रेष्ठ कांग्रेसका महासमिति सदस्य समेत हुन ।
कनकाई नगरपालिका निवासी श्रेष्ठ गत मेयरको टिकट वितरणमा कांग्रेसले अन्तिम समयमा आएर एकराज उप्रेतीलाई टिकट दिएपछि श्रेष्ठ कांग्रेस पार्टीसग विच्किएका थिए ।
कृष्णप्रसाद सिटौलाको प्यानलको दलदवा रहेको झापामा श्रेष्ठ भने रामचन्द्र पौड्याल पक्षधरका थिए जसकारण कांग्रेसले श्रेष्ठलाई टिकट नदिएर शेरबहादुर प्यानलका एकराज उप्रेतीलाई कनकाई नगरपालिकाको मेयरको टिकट दिएको थियो ।
कनकाई नगरपालिकामा कांग्रेसले मेयर उपमेयर र अधिकांश वार्डहरुमा नराम्ररी पराजय भोगेपछि कांग्रेस नगरकमिटिले उनै श्रेष्ठ सहित कांग्रेसका धेरै नेतालाई कार्वाहीको लागि लामै सुची तयार पारेर मिडियावाजी गरेको थियो ।
तर कार्वाहीको लामो सुचीमा परेकाहरुलाई नै काग्रेसले भने अहिले निर्वाचन प्रचार समितिमा राखेर पहिले गरेको कार्वाह ीगलत थियो भन्ने छनक दिएको एक कांग्रेस नेताले बताए । यसैगरी प्रदेशसभाको झापा ४ को ख बाट साँझा विवेकशील पार्टीका घनेन्द्रराज खनाल र झापा १ को क बाट रोषन अग्रवाल र ख बाट नरेन्द्र मेचेले उम्मेद्धारी फिर्ता लिएका हुन ।
अग्रवाल एमालेका र मेचे माओवादी केन्द्रका वागी उम्मेद्धार थिए उनीहरु दुबैले पार्टीले अनुोधपछि आफनो उम्मेद्धारी फिर्ता लिएका हुन । झापामा यसपटक १५ पदमा १४१ जनाले प्रतिस्पर्धा गर्ने भएका छन । झापामा कुल ५ लाख ८५ हजार १ सय ६६ मतदाता रहेका छन ।