Kanakai Online

नेपाली कांग्रेस झापा ४ मा १००१ सदस्यीय चुनाव प्रचार समिति


आइतवार, कार्तिक १९, २०७४ |

मनोज वस्नेत
कनकाई । नेपाली काँग्रेस ४ नम्वर क्षेत्रिय समितिले आसन्न निर्वाचनलाई सफल बनाउन बिभिन्न समितिहरु गठन गरेको छ ।
सुरुङ्गामा आज अयोजित क्षेत्रिय समितिको बृहत बैठकले निर्वाचनलाई सफल बनाउन सबै भातृ संगठनलाई परिचालन गर्दै बिभिन्न १५ वटा समितिहरु गठन गरेको हो ।
जय नारायण शाहको संयोजकत्वमा १ हजार १ सदस्यीय मुल प्रचारप्रसार समिति एंव प्रदेशसभा क का लागि प्रकाश चुडाल र ख का लागि पदम थापाको संयोजकत्वमा प्रचार प्रसार समिति गठन भएको छ ।
रुद्रप्रसाद चिमरियाको संयोजकत्व तथा एकराज उप्रेतीको सहसंयोजकत्वमा आर्थिक समिति, महिला संघ परिचाल समितिमा प्रदेश ख को संयोजकमा कविता बस्नेत तथा अन्जु थपलिया र क मा देवि दाहाल, तरुणदल परिचाल समितिमा तुला बोखिम, नेवि संघमा निरज निरौला, शिक्षक संघमा भवानी लुइटेल, संचार समितिमा डिल्लीराम घोर्साई तथा मनोज बस्नेत, प्राध्यापक संघमा विकाश उप्रेती, उद्योग वाणिज्यमा भोला मैनाली तथा कुमारमणी पोखरेल चयन भएका छन् ।
बैठकलाई संबोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य केशव कुमार बुढाथोकीले निर्वानलाई सफल बनाउन सबै भातृ संगठन तथा कार्यकर्तालाई आग्रह गर्नु भएको थियो ।
उहाँले बाम एकताबाट कति पनि विचलित नभई कार्यकर्तालाई निर्वाचनमा होमीन आग्रह गर्दै पार्टीमा असन्तुष्टी भएकालाई पनि निर्वाचनमा सघाउन अपिल गरेका थिए ।
जयनारायण शाह तथा भिम राजवंशीको संयुक्त सभापतित्वमा सम्पन्न भेलामा प्रतिनिधिसभाका लागि ४ नम्बर क्षेत्रका उमेद्वार देउ कुमार थेवे, प्रदेशसभाका क क्षेत्रका उमेद्वार किरण भट्टराई, ख क्षेत्रका उत्तम सुवेदी, नेता भक्ति शिटौला लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन शिव कडेलले गरेका थिए ।