कनकाई अनलाईन
सुरुङ्गा , एमाले , माओवादी केन्द्र र राप्रपाको सयुक्त गठबन्धनबाट उम्मेद्धारी दिएका झापा क्षेत्रनम्बर ४ का तीन बाम गठबन्दनले सुरुङ्गामा सयुक्त पत्रकार सम्मेलन गर्दै विकास र कम्तिमा ५ वर्षसम्म स्थिर सरकार निर्माणका लागि बाम उम्मेद्धारलाई भोट हाल्न अनुरोध गरेका छन ।
प्रेस सेन्टर र प्रेस चौतारी नेपाललको सयुक्त आयोजनामा सुरुङ्गाको कनकाई सामुदायिक वन समुहको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा कुरा राख्दै प्रतिनिधिसभाका उम्मेद्धार एलपीसाँवा लिम्बु , प्रदेशसभाका उम्मेद्धार झलकसिंह दर्लामी शन्देश र हिरा थापाले यस क्षेत्रको चौतर्फी विकास र समृद्धिकालागि तथा संविधान र संघियतालाई संस्थागत गर्न समेत वाम गठबन्दनलाई भोट हाल्न सबैसग अनुरोध गरेका हुन । कार्यक्रममा वोल्दै वाम गठबन्धनका उम्मेद्धार एलपीसाँवा लिम्बुले यस क्षेत्रका जनतालाई सुकुम्वासी समस्याबाट दिर्घकालिन समाधानका लागि आफु चुनाव जितेपछि लागिपर्ने बताउँनु भयो ।
जग्गा जोत्ने भोग्ने तर पुर्जाविहिन जनता कोहीपनि हुनेछैनन भन्दै सवैभन्दा वढी सुकुम्वाशीको समस्या सुरुङ्गामा भएको समेत बताउँनुभयो । उहाँले कम्तीमा आर्थिक अभावका कारणनै कोहिपनि नेपालीले अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने समेत बताउँनुभयो । साँवाले पर्यटनको प्रचुर सम्भावना वोकेको यस क्षेत्रहरु जामुनखाडी , सताक्षी , चिल्लागढ , धनुषकोटी कोटीहवन , रानीवन , लगाँयातका क्षेत्रको समुचित विकास गरी स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाई यस क्षेत्रलाई बनाउने र यस ठाउँको समृद्धिका लागि पर्यटनको विकासका आफुले सक्दो पहल गर्नेकुरामा जोड थियो ।
साँवाले शिक्षा , स्वास्थ्य , स्वास्थ्य विमा रोगजारी जस्ता अती जरुरीकुराको व्यावस्थापनका लागि वाम गठबन्दनको विजय सुनिश्चित हुनुपर्नेमा जोड थियो ।
कार्यक्रममा वोल्दै प्रदेशसभा प्रदेश ख का उम्मेद्धार हिरा थापाले पार्टीको लागि मात्रै नभएर मुठ्ठिभरका शासकको लागि नभएर तमाम गरिव निमुखा र खान नपुग्ने शोषित पिडित जनताको मुक्तिका लागि आफु र आफ्नो टिमलाई मत दिन आग्रह गर्नुभयो । उहाँले गरिव र दिनदुखीहरुको मुक्तिका लागि कम्युनिष्ट्रहरु साम्यवादी शासन व्यावस्था ल्याउन चाहेको समेत वताउँनुभयो । साम्यवादको अन्तिम लक्ष्य समृद्ध नेपाल भएको समेत खुलाउनुभयो ।
समाजमा भइरहेको लैङ्गिक विभेद , जातिय विभेद , वर्गिय विभेदहरुको समुल अत्न्य आफुले गर्ने समेत वताउँनुभयो । चुनाव जित्नकालागि पहिले ३ पार्टी राप्रपा , एमाले र माओवादीविच एकता हुनु आवश्यक रहेको भन्दै हिजैका घाउँहरु कोट्याउन थाल्नेभन्दा भोलीको सुन्दर भविष्यको खोजीमा लाग्नु उचित हुने वताउँनुभयो । जनताका मागलाई सम्बोधन र आफ्नो मतलाई कसरी सुरक्षित गर्ने भन्नेमा सवैको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो ।
आफ्नो क्षेत्रमा रहेका ३ ठुला नदिहरुलाई तठबन्द गर्ने र त्यहा वचेको जमिनलाई आवाश क्षेत्रबनाउने त्यहा किसानहरु श्रमजिवि वर्गलाई राख्ने समेत थापाले वताउँनुभयो । उहाँले मंसिर २१ सम्म सवै कार्याकर्ता लागेर चुनाव जिताएमा त्यसपछि अरु ५ वर्ष आफु सदा लागिपर्ने र कोहीपनि नेपालीलाई दुःखी नबनाउने समेत वताउँनुभयो ।
प्रदेशसभा क का उम्मेद्धार झलकसिंह दर्लामी मगर शन्देशले जनताले लामो सङघर्षगरेर संविधानको निर्माण गरेको भन्दै यसको संस्थागत विकास र प्राप्त उपलव्धीलाई वचाउनपनि वाम गठबन्दनलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान निर्माणपछि देशमा राजनैतिक कोर्ष पुरा भइसकेको भन्दै अव वाकी कोर्ष भनेको आर्थिक अभियाननै भएको भन्दै त्यसका लागि स्थिर ५ वर्षे सरकारनै भएको बताउँनुभयो , त्यसकालागि ५ वर्षसम्म स्थिर सरकारका लागि वाम गठबन्दनलाई भोट हालेर जिताउनुपर्ने दर्लामीले वताउँनु भयो । उहाँले यस क्षेत्रका तमाम जनताको जनविविकासग सम्बन्धित एजेण्डानै वाम गठबन्दनको साँझा एजेण्डा हुने समेत वताउँनुभयो । पहिले वाहिरवाट आएका उम्मेद्धारलाई जनताले विजयी गराउनुपर्ने वाध्यता रहेकोमा यसपटक यस क्षेत्रका जनताले यो अवस्थाबाट मुक्ति पाएको भन्दै ३ जनै वामका उम्मेद्धार सोही क्षेत्रमा जन्मीहुर्की सोही ठाउँको समस्या बुझेका उम्मेद्धार पाएको भन्दै मतलाई खेर जान नदिने वताउँनुभयो । पुराना उम्मेद्धारले जनताको समस्या र नदिनियन्त्रणको समस्या समाधान गर्न नसकेको वताउँदै कमल , कनकाई , विरिङ्ग , वनियानी नदिको स्थायी तठबन्द गरी वहुउपयोगी बनाइने नदिबाट सिचाई लगायतमा उपयोग गरिने , बषौदेखि सपनाको रुपमा रहेको हुलाकीमार्गलाई समयमै निर्माण गरिसक्ने समेत वताउँनुभयो ।
दुधे महाभारा सडकमा वर्षेनी कनिका छर्केजस्तोमात्रै वजेट पर्दा यस सडकको अवस्था जिर्ण बनेको भन्दै यस क्षेत्रकै लाइभलाईनका रुपमा यस सडकलाई बनाइछाडने समेत वताउँनुभयो ।
यस मार्गलाई लारुम्बाहुदै राकेसम्म जोडने समेत दलार्मीले बताउँनुभयो । यसैगरी जिर्ण चन्द्रडाँगी कृषि फर्मलाई वहुउद्धेश्यीय कृषि फर्मका रुपमा विकास गरिने वताउनुभयो । साथै वाम गठबन्दन मुलुकको समृद्धि विकास र पटकपटक सरकार फेनै र राजनैतिक अस्थिरता तोडनका लागिपनि वाम गठबन्दन जरुरी रहेको वताउँनुभयो ।
प्रेस सेन्टरका जिल्ला अध्यक्ष टिकाराम उप्रेती र चौतारीका अध्यक्ष मुक्ति पौडेलको सभापतित्वमा भएको कार्यक्रमको संचालन प्रेस चौतारीका उपाध्यक्ष मनकुमार गदालले गरेका थिए । कार्यक्रमको औचित्य चौतारी तथा सेन्टरका केन्द्रिय सदस्य तीर्थ सिग्देल र विमल लामिछानेले गरेका थिए ।
चुनाव जित्नकालागि पहिले ३ पार्टी राप्रपा , एमाले र माओवादीविच एकता हुनु आवश्यक रहेको भन्दै हिजैका घाउँहरु कोट्याउन थाल्नेभन्दा भोलीको सुन्दर भविष्यको खोजीमा लाग्नु उचित हुने