Kanakai Online

झापा ४ मा १४ उम्मेद्धार


आइतवार, कार्तिक १९, २०७४ |

लीलाराज झापाली ।
 

विर्तामोड कार्तिक १९ गते । झापा क्षेत्रनम्बर ४ मा आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि प्रतिनिधि सभाकोलागि १ पदमा १४ जनाले उम्मेद्धारी दर्ता गराएका छन ।
मुख्यरुपमा बाम र राप्रपा गठबन्धनका एलपीसाँवा लिम्बु र नेपाली कांग्रेसका उम्मेद्धार देउमान थेवेविच मुख्य प्रतिस्पर्धा हुने भएपनि अन्य १२ जनाले थप उम्मेद्धारी दिएका छन । जसमा नेपाली कांग्रेसका बागी उम्मेद्धार रमेश श्रेष्ठले समेत उम्मेद्धारी परेपछि कांग्रेसमा समेत हल्लीखल्ली भएको छ ।
को को छन उम्मेद्धार
१) एमाले , माओवादी र राप्रपाबाट एलपी साँवा लिम्बु
२) नेपाली कांग्रेसबाट ः देउमान थेवे
३) स्वतन्त्र ः रमेश  श्रेष्ठ
४) विवेकशील साँझा पार्टी ः तुलसीराम उप्रेती
५) एकिकृत राप्रपा राष्ट्रवादी ः तेजबहादुर थापा
६) संघिय समाजवादी फोरम ः रामसिंह तुवाम्फो
७ ) देशभक्क्त गणतान्त्रिक मोर्चा ः हरिभक्त संग्रौला
८) मंगोल नेशनल अर्गानेशन ः रुद्रबहादुर राई
९) राष्ट्रिय जनमुक्ति पार्टी ः अर्जुनदेव शेर्मा
१०) राष्ट्रिय लोकतान्त्रि राष्ट्रिय मंच ः ज्ञानबहादुर लिम्बु
११) स्वतन्त्र ः डिल्लीप्रसाद कट्टेल
१२) स्वतन्त्र ः यज्ञबहादुर खडका
१३) ग्रिन पार्टी नेपाल ः सुवास अधिकारी
१४) स्वतन्त्र ः परशुरम काफ्ले रहेका छन ।
यी उम्मेद्धारहरुमध्ये केहिले फिर्ता लिनसक्ने उम्मेद्धारहरुले कनकाईअनलाईनलाई बताए ।