Kanakai Online

झापा ३ मा कृष्ण सिटौला उठ्नेभएपछि कार्याकर्तामा उत्साह


मङ्गलवार, कार्तिक १४, २०७४ |

द्रोण अधिकारी
भद्रपुर, १४ कार्तिक ।
झापा क्षेत्र नम्वर ३ बाट नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले उम्मेद्वारी दिने निश्चित भएपछि काँग्रेस कार्यकर्तामा उत्साह बढेको छ ।
राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताको छवि बनाएका सिटौलाले झापा क्षेत्र नम्वर ३ मा जनताको चाहना अनुसार उम्मेद्वार बन्ने निधो गरेपछि काँग्रेस कार्यकर्तामा उत्साह बढेको हो ।
दोस्रो संविधान सभा निर्वाचनमा सोही क्षेत्रबाट अत्याधिक मत सहित विजयी भएका सिटौलाले चार दशक लामो जनताको माग रहेको हुलाकी सडक निर्माणको अभियान पूरा गराउन भूमिका खेलेका थिए भने केही वर्ष यता दक्षिणी झापाको समस्याका रुपमा रहेको हात्ती आतङ्क नियन्त्रणका लागि पनि यसै वर्ष ९ करोडको योजना ल्याउन सफल सिटौलाले यस निर्वाचनमा पनि जनताका पक्षमा भूमिका खेल्न सक्ने भन्दै कार्यकर्तामा उत्साह जागेको देखिन्छ । निरन्तर रपमा झापाको क्षेत्र नम्बर ३ लाइृ राजनीतिक आधार भूमि बनाएका सिटौलालाई नेपालको भावी प्रधानमन्त्रीका रुपमा समेत कार्यकर्ताले बुझेका छन् । आदिवासी जनजाती समुदायमा समेत प्रीय पात्रका रुपमा रहेका सिटौलालाई पछिल्ला वर्ष स्थानीयले आफूले चाहेको नेताका रुपमा हेर्न थालेका छन् ।
आलोचकहरुले स्थानीय स्तरमा काम गर्न नसक्ने नेता भनेर सिटौला बिरुद्ध प्रचार अभियान चलाइ रहेको बेला यस निर्वाचनमा सिटौलाले संसद भएका वखत पहल गरी झापा क्षेत्र नम्वर ३ मा आएका योजना र भएका विकास निर्माणका कामहरुबारे जन स्तरमा पुर्याउन सवै कार्यकर्ता लागि पर्ने दरुणदल झापा क्षेत्र नम्बर ३ का सभापति खड्कबहादुर लिम्बुको भनाइ छ । उनका अनुसार विद्यालय, ग्रामिण सडक,मठ मन्दिर, बाँध पैनी निर्माण जस्ता जनतामा प्रत्यक्ष सरोकार राख्ने करोडौंका योजनाहरु झापा क्षेत्र नम्बर ३ ले संसद कृष्णप्रसाद सिटौलाको पहलमा प्रप्त गरेको छ भने अन्य थुप्रै समस्या समाधान गर्न पनि सिटौलाको नेतृत्व आवश्यक रहेको छ ।
यस्तै झापा क्षेत्रनम्बर ३ का क्षेत्रीय सभापति गणेश पोखरेलको भनाइ अनुसार वि सं २०४८ सालको निर्वाचन यता निरन्तर रुपमा झापा क्षेत्र नम्वर ३ मा जनताको प्रतिनिधित्वका लागि लडी रहेने एक मात्र नेता सिटौला हुन् । उनले निर्वाचन हारे पनि जीते पनि आफ्नो क्षेत्र छोडेका छैनन् । अहिले निर्वाचनको प्रतिष्पर्धामा आउने अरु दलका नेता हार्ने डर हुँदा मैदान छोडेर भाग्ने गरेका र जनताको भावनासित मतलव नराख्ने चरित्र देखाएको अवस्था छ ।
सिटौला स्वयमले पनि जनताले आफूलाई दिएको सुझाव अनुसार प्रत्यक्ष तर्फको उम्मेद्वार बन्न समानुपातिक सूचिबाट नाम हटाएर झापा क्षेत्र नं ३ को चुनावी मैदान रोजेका हुन् । सिटौलाले विगतमा आफूले पहल गरेको कारण अलपत्र बनेको हुलाकी सडक जस्तो दक्षिणी झापाबासीको जीवन स्तर उकास्ने आधारलाई निर्माण सुरु गराइ कार्यान्यनको बाटोमा लगेको र हात्ती त्रास रोक्न ओजना ल्याएर काम सुरु भइ सकेको स्मरण गराउँदै विगतमा जितेकाहरुले झापा क्षेत्र नम्बर ३ मा के के गरे त ? जनताले थाहा पाइ सकेको बताए ।
वि सं २०४८ साल यता भएका मध्यावली निर्वाचनमा सो क्षेत्र बाट नेकपा एमाले २ पटक, नेपाली काँग्रेस २ पटक र माओवादी केन्द्र एक पटक निर्वाचित भइ सकेका छन् तर केन्द्रीय राजनीतिमा पहुँच नपुगेका एमाले र माओवादी संसदहरुले देखिने गरी विकास निर्माणका काम गर्न नसकेपछि जनताले नेपाली काँग्रेसका केन्द्रीय नेता सिटौलालाई विश्वास गरेर प्रतिनिधि छानेको स्थानीय जनताको बुझाइ छ ।