लीलाराज झापाली
सताक्षीधमा झापा , कार्तिक १४ गते । रोगी तथा बृद्ध गाइ तथा गोरुको संरक्षण गर्ने उदेश्यले झापाको शिवसताक्षीमा गोलोक गोवद्धन गौशालाको स्थापना गरिएको छ ।
आचार्य नन्दकिशोर भारद्धजको पहलमा ३ वर्षपहिले सताक्षीधाम धार्मिक विकास संस्था परिषरमा स्थापना गरिएको सो गौशालामा हाल रोगी तथा अन्य गरि २ सय वटा गाइहरुलाई संरक्षण गरि राखिएको छ । गाईको संरक्षणका लागि ४ जना गोठाला र अन्य मन्दिरमा रहने पुजारी तथा अन्यले गाइ तथा गोरुको रेखदेख गर्दै आउनु भएको छ ।
घरमा वृद्ध र रोगी भएका गाईवस्तुहरु नजिक्कैको वजारमा लगेर विक्रि गर्दा तीनीहरुलाई खरिदगरी भारतीय वजारमा निर्ममतापुर्वक सवारी साधनमा राखेर लैजाने र मासुको रुपमा प्रयोग गरिने कुरा गाई गाउँमा सुनाएपछि गाउँ गाउँबाट मानिसहरुले रोगी र बुडा गाइगोरुहरु गौशालामा ल्याउन थालेको गौशालाका प्रमुख संरक्षक भारद्धजले बताउँनु भयो ।
हरेक वर्ष गौशालाको प्रचार र आर्थिक सहयोग संकलनको उद्धेश्यले यस धाममा वाला चर्तुदर्शीका दिन सकिने गरी श्रीराम कथा महोत्सवको समेत आयोजना गरिदै आएको छ । सो धार्मिक महोत्सवमा गाईको महिमा तथा गाईपालनको फाइदाको वारेमा वताईदैँ आइएको छ । यसवर्ष समेत आगामी कार्तिक २२ गतेदेखि मंसिर २ गतेसम्म ११ दिनसम्म यस अखण्ड हरिनाम संकिर्तन तथा श्रीराम कथा महोत्सवको आयोजना गरिएको कार्यक्रम संयोजक तथा सताक्षीधाम धार्मिक विकास संस्थाका अध्यक्ष प्रसाद सुब्वाले वताउँनुभयो ।
सो महोत्सवमा गाईलाई किर्तन सुनाउने तथा गंगा महाआरतीसमेत गरिदैँ आएको छ । यस धार्मिक महोत्सवको आयोजनामा करिव ४५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ । पुर्वपश्चिम राजमार्ग शिवसताक्षी झिलझिलेबाट करिव ५ किलोमिटर क्षेत्र उत्तरमा पर्ने यस धार्मिक क्षेत्रमा हालसम्म विजुली तथा खानेपानी नपुगेको हुदा नेपाल तथा भारतबाट दैनिक रुपमा आउँने भत्तजनहरुलाई समस्या पर्ने गरेको छ भने सोही गौशाला परिषरमै संचालित गुरुकुल शिक्षाका २० विद्यार्थी समेत दुषित पानी पिउन वाध्य छन । धार्मिक महोत्सवमा विश्वमै ख्याति कमाउनुभएका धार्मिक गुरुहरुद्धारा दैनिक प्रवचन हुने आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरिजानकारी दिएको छ ।
फोटो ः गौशालामा पालिएका गाइ तथा गोरुहरु