लीलाराज झापाली
विर्तामोड , कार्तिक १२ गते । अजुनधारा ११ का ११ वर्षिय वालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणलाई लिएर तीन दिनदेखि असान्त बनेको झापाको विर्तामोड आइतवार पनि कर्फु हटन सकेन ।
शुक्रवार विर्तामोडमा भएको झडपमा परि गम्भिर घाइते वन्नुभएका इलाम दानावारीमा मणिकुमार नेपालीको थप उपचारका लागि सेनाको हेलिकप्टरवाट काठमाण्डौको वीर हस्पिटलको ट्रमा सेन्टर लगिएको छ । झडपमा परि हालसम्म झापा अर्जुनधारा ११ का ३० वर्षिय नरेश थापाको मृत्यु भएको थियो मृतक परिवारलाई १० लाख रुपैँया क्षतिपुर्ति दिने , श्रीमतीलाई रोजगारी , तत्काललाई किरियाखर्च दिने लगायातको सहमति बनेपछि आइतवार मृतकको शव परिवारले बुझेर कनकाई माइमा दाहसंत्कार गरिएको छ ।
भने हालसम्म ३२ प्रहरी र त्यतिनै सङ्ख्यामा सर्वसाधरण घाइते वनेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरिक्षक ज्ञानबहादुर विष्टले वताउँनु भयो ।
यसैगरी हालसम्म गम्भिर घाइतेहुनेहरुको विर्तामोडको विएण्डसी हस्पिटलमा उपचार भैरहेको सो अस्पतालले आइतवार अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।
जसमा कनकाई नगरपालिकाकाका शुशिल घतानीको हातमा गोली लागेको , मेचीनगरनगरपालिकाका अशोक बस्नेतको देब्रे हातमा गोली लागेको , राजगढका सुनिल पाठकको हिप र पिठयुमा गोली लागेको , खुट्टामा गोली लागेका अर्जुनधाराका पुण्यप्रसाद लुइटेल र टाउकोमा चोट लागेका नवराज कोइरालाको हाल आइसियु कक्षमा उपचार भैरहेको विएण्डसी हस्पिटल विर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईले वताउँनु भयो ।
यसैगरी प्रहरीतर्फपनि प्रहरी डिएसपी राजकुमार सेलवाल , प्रनाउ बालकृष्ण श्रेष्ठ प्रहरी निरिक्षक ज्ञानबहादुर विष्ट , प्रहरी निरिक्षक ज्ञानबहादुर विष्ट प्रहरी जवानहरु गेविन्द भट्टराई , विधान कार्की , रविन राई र मोहन मगरसमेत उपचार पछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
यसैविच विर्तामोडको घटनाको छानविनका लागि आएको नेपाल सरकार गृह मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवको टोलीले झडपमा परि मृत्यु भएका थापा र गत असोज १४ गते शंस्कास्पद मृत्यु भएका अर्जुनधारा नगरपालिकाका ११ वर्षिय वालक लक्ष्मण शिवाकोटीको परिवारसग भेटघाट गरेको छ ।