कनकाई अनलाईन
झापा कनकाई नगरपालिकाले विश्व वातावरण दिवशको अवशर पारेर आफ्नो
बाह्रदशी गाउँपालिका ४ मा अवस्थित २ विगाह १७ कठ्ठा जमिनमा वृहत वृक्षरोपण गर्ने भएको छ ।
आगामी जेठ २२ गतेका दिन विश्व वातावरण दिवशको अवशर पारेर जिल्लामै सबैभन्दा धेरै विरुवा कनकाई नगरपालिकाको आयोजनामा रोपिन लागेको हो ।
कनकाई नगरपालिकाले विश्व वातावरण दिवश मनाउने क्रममा सहभागिता र अन्य तयारीका लागि नगरपालिकामा यहाँ रहेका राजनैतिक दल, संघ संस्था, विद्यालय, पत्रकार लगायातसमक्ष अन्र्तक्रियाको समेत आयोजना गरिएको छ ।
कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले कनकाई नगरपालिकाले जिल्ला वन झापासमक्ष कनकाई सामुदायिक वन क्षेत्रको केहि भुभाव कृषि बजारका लागि सट्टाभर्नाको सर्तमा लिएको र कनकाई नगरपालिकाले सो प्रयोजनका लागि आफ्नो २ विगाह १७ कट्टा जमिनमा वृहत रुपमा वृक्षरोपण गर्न लागिएको जानकारी दिनुभयो ।
उक्त वृहत वृक्षरोपण कार्यक्रममा यस क्षेत्रका सबै संघ संस्था दल, पत्रकार, नागरिक समाज, विद्यार्थीलाई सहभागिताका लागि समेत आव्हान गर्नुभएको छ । वृहत वृक्षरोपणमा टिक, सिसौ, खयर लगायातका प्रजातिका २ हजार विरुवा रोपिने र यसका लागि डिभिजन वन कार्यालयको प्राविधिक सहयोग रहने समेत जानकारी दिएको छ ।
वृहत वृक्षरोपण कार्यक्रमको तयारीका वारेमा कनकाई नगरपालिकामा आयोजित छलफलमा कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटी, कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण न्यौपाने, कनकाई नगरपालिका ५ का वडाअध्यक्ष कृष्णबहादुर राई, ६ का वडाअध्यक्ष लक्ष्मी ओली , रास्वपा कनकाई नगर अध्यक्ष मोहन थापा, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख रवि राई, कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष सरोज सिटौला, कनकाई माविका प्रअ कर्णबहादुर डाँगी लगायातले आआफ्नो धारणा राख्नुभएको थियो । वृक्षरोपणका लागि जेठ २२ गते शुक्रवारका दिन विहानै ७ बजेदेखिनै आयोजना गर्ने छलफल कार्यक्रममा बताइएको छ ।



