कनकाई अनलाईन
नेपाल भारतको खुल्ला सिमाको फाईदा उठाउदै नेपाल लागुऔषध भित्राउन तस्करीमा संग्लनहरुले अनौठो हर्कत गर्ने गरेको पत्ता लागेको छ ।
नेपाल भारत सिमास्थित मेचीनगर नगरपालिका ६ स्थित पुरानो मेचीपुलबाट भारतबाट मलद्धारभित्र लागूऔषध लुकाएर ल्याउने एकजना काँकरभिट्टामा आज पक्राउ परेका छन् ।
मंगलवार बिहान ११ः४५ बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध ब्युरो कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर ६ पुरानो मेची पुलमा भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका मेचीनगर १४ बस्ने २५ वर्षीय आकाश चौधरीलाई पक्राउ गरेको हो ।
शंका लागेर खानतलासी गर्दा उनले मलद्धारभित्र लुकाई छिपाई ल्याएको प्लाष्टिकबाहेक १६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
उनलाई सो लागूऔषधसहित नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


