कनकाई अनलाईन
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई मातृशोक परेको छ ।
उहाँ सहित अन्तराष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष तथा एनआरएनका वरिष्ठ नेता समेत रहनुभएका एनआरएनका उपाध्यक्ष दिनेश पोखरेल, डाक्टर फाल्गुनी पोखरेल समाजका पुर्व केन्द्रिय अध्यक्ष निर्माण पोखरेल लगायातकी ममतामयी माता देविमाया पोखरेलको आज सोमवार राती ७ बजेर ३७ मिनेटमा ८९ बर्षको उमेरमा दुखद निधन भएको छ ।
पोखरेल लामो समयदेखि एक भाग नचल्ने रोगबाट पिडित रहनुभएको थियो । उहाँको भोली दिउसो मंगलवार १ बजे पवित्र कनकाई नदिमा अन्तिम सस्कार गरिने पारिवारीक स्रोतले जनाएको छ । ममतामयी माता पोखरेलको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल जेष्ठ सुपुत्र रहनुभएको छ । स्वर्गीय माताका श्रीमान गणेशबाबु पोखरेल तत्कालिन सुरुङ्गा गाविसका लामो समयसम्म प्रधानपञ्च रहनुभएको थियो ।
स्वर्गिय माता देविमायाका छोराबुहारीहरु राजेन्द्रकुमार पोखरेल, हेलेन पोखरेल, निर्माण पोखरेल सलिना पोखरेल, दिनेश पोखरेल, अनुजा पोखरेल तथा डाक्टर फाल्गुनी पोखरेल श्रद्धा पोखरेल यसैगरी छोरी ज्वाईहरु सुधा तथा स्वर्गीय प्रजापति बाँस्तोला, अप्सरा तथा बेनुकुमार भट्टराई, दुर्गा तथा राजेश प्याकुरेल, भगवती तथा डाक्टर डिके आचार्य, अञ्जु तथा सुमन कोइराला, रन्जु तथा विनयदेव आचार्य तथा १९ नाति नातिना ६ जना पलाती पलातीना रहेका छन ।


