Kanakai Online

झापाको मेचीनगरमा .मोटरसाईकल र स्कुल बस जुध्दा २ जनाको घटनास्थलमै मृत्यु


बुधवार, जेठ २०, २०८३ |

कनकाई अनलाईन
झापाको मेचीनगरनगरपालिका ९ सतीखट्टा भन्ने स्थानमा मोटरसाईकल र स्कुल बस एकआपसमा जुध्दा मोटरसाईकलमा सवार २ जनाको घटनास्थलमै ज्यान गएको छ ।
बुधवार दिउसो ५ बजेर २० मिनेटमा झापा मेचीनगर नगरपालिका ९ सतीघट्टामा मे १ प ३९१ नम्बरको होलीबेल अंग्रेजी विद्यालयको स्कुल बस एकआपसमा जुध्दा मोटरसाईकलमा सवार मेचीनगर नगरपालिका ७ बस्ने बर्ष २५ को अजय राजवंशी र भारत किसनगञ्ज गलगलिया निवासी बर्ष ३३ को अजय माझिको मृत्यु भएको हो । दुबै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ ।
इटाभट्टा भद्रपुर रोडमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको स्कुलवस र विपरित दिशाबाट आउदै गरेको मोटरसाईकल एक आपसमा जुधेको हो । हाल मृतकको शव मेची प्रादेशिक अस्पतालमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।