Kanakai Online

पत्रकारको नाम लिएर चन्दा संकलनको आरोप


बुधवार, जेठ २०, २०८३ |

कनकाई अनलाईन
झापा सुरुङ्गाका पत्रकार सिएम शर्मा, मेचीनगरका प्रविण अधिकारी लगायातका एक दर्जन पत्रकारको नाममा विभिन्न मितिमा अर्कै व्याक्तिले चन्दा माग गरेको भन्दै झापाका पत्रकारजन्य संघ संगठन र पत्रकार महासंघ झापाले यस्ता गतिविधि रोक्न सम्बन्धित पक्षलाई माग गरेको छ ।
केहि दिन अगाडि झापा तथा पुर्वीैैै नाका काकडभिट्टादेखि पश्चिम लौकहीसम्मको निर्माणाधिन एसियन हाईवेसमक्ष झापा हल्दिवारी १ का नितेश ओलीले झापा सुरुङ्गाबाट सञ्चालित ठोस खबर डटकम सहितका अन्य दर्जन मिडियाको नाम उल्लेखित गरि रमक वार्गेलिङ गरेको अडियो सार्वजनिक भएको थियो । यसैलाई आधारमानेर कनकाई सुरुङ्गा प्रेस क्लवका उपाध्यक्ष समेत रहेका सिएम शर्मा, मेचीनगर प्रेस क्लवका सचिव समेत रहेका पुवी गर्जनका सञ्चालक प्रविण अधिकारीले जिल्ला प्रहरी कार्यालय झापा र नेपाल पत्रकार महासंघ झापामा समेत लिखित उजुरी हालेका थियो ।
उक्त घटनाबाट झापाली पत्रकारितालाई वदनाम गराएको भन्दै पत्रकार महासंघ झापा, कनकाई सुरुङ्गा प्रेस क्लव, प्रेस चौतारी झापा, प्रेस सेन्टर झापा लगायातका पत्रकारजन्य संघ संगठनहरुले प्रेस विज्ञप्ति जारी गरी घटनामा संग्लनमाथि कडा कार्वाहीको माग गरेका छन । पत्रकार महासंघका सचिव राजु पाठक, कनकाई सुरुङ्गा प्रेस क्लवका सचिव मनोज बस्नेत, प्रेस चौतारीका सचिव युवराज आचार्य, प्रेस सेन्टर झापाका सचिव प्रकाश उप्रेती लगायातले अलग अलग प्रेस विज्ञप्ति जारी गरेका हुन ।

सम्बन्धित खबर