Kanakai Online

चन्द्रगढी महिला गोल्डपको उपाधि रक्षाका लागि एपिएफ र त्रिभुवन आर्मी भीडने


शनिवार, वैशाख १२, २०८३ |

कनकाई अनलाईन
झापाको चन्द्रगढीमा जारी प्रथम चन्द्रगढी महिला गोल्डकपको उपाधिका लागि दुबै विभागिय टिमहरु सशस्त्रको एपिएफ महिला फुटबल क्लव र त्रिभुवन आर्मी क्लव विच फाईनल भिडन्त हुने भएको छ ।
शनिवार आज सम्पन्न अन्तिम सेमिफाईनलको खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले हराउँदै विभागीय क्लब सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब चन्द्रगढी महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।
खेलको ३४ औँ मिनेटमा एपिएफले अग्रता लियो । कुसुम खतिवडाले दिएको क्रस पासले कप्तान अनिता बस्नेतलाई टच हुँदै मैदानमा होल्ड भएको बललाई रश्मिकुमारी घिसिङले सुन्दर गोल गर्नुभयो ।
पहिलो हाफमा १–० ले अगाडि रहेको एपिएफ यतिकैमा रोकिएन दोस्रो हाफमा थप २ गोल थप्यो । खेलको ४९ औँ मिनेटमा कप्तान अनिता बस्नेतले एपिएफको अग्रता दोब्बर बनाउनुभयो । । रश्मिकुमारी घिसिङको पासमा बस्नेतले गोल गरेकी गर्नुभयो ।
एपिएफको लागि तेस्रो गोल रश्मिकुमारी घिसिङको नाममा रह्यो । खेलको ६२ औँ मिनेटमा कप्तान अनिता बस्नेतले मैदानको मध्यभागमा मिलाइदिएको पासलाई घिसिङले गोल गर्दै एपिएफको जित सुनिश्चित पार्नुभयो । जारी प्रतियोगितामा रश्मिको यो छैटौँ गोल हो । उहाँ सर्वाधिक गोलकर्ताको सूचीको पहिलो नम्बरमा हुनुहुन्छ ।
खेल अवधिभर एपिएफले आक्रमक तथा चर्च ब्वाइजले रक्षात्मक खेल प्रस्तुत गरेको थियो । खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी रेनुका नगरकोटी हुदै नगद नगद ११ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस फुटबल क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको लक्ष्मी रानीबाई स्पोर्टस एकेडेमी, सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब, संकटा फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टस् क्लबको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्ने छ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छन ।
फाईनल खेल पर्सी सोमवार हुने छ ।