
कनकाई अनलाईन
झापा सुरुङ्गा निवासी युवा व्यावसायी लीलाप्रसाद चिमरियालाई यस बर्षको लायन्स क्लव इन्टरनेशन ३२५ सी को गर्भनर पदमा सत प्रतिशत एस भोट सहित गर्भनर हुनुभएको छ ।
लायन्समा गर्भनरको पदमा प्रतिस्पर्धा नहुने भएपनि एस र नो भोटका लागि भने निर्वाचन हुने गरिएको छ । झापाको दमकमा भएको लायन्स क्लव इन्टरनेशनलको सम्पन्न चौथो डिस्ट्रिक सम्मेलनबाट लीला चिमरियाले सतप्रतित एस भोट पाउनुभएको हो । लायन्सको जम्मा २०४ मत मध्ये १७० मत खसेको र लीला चिमरियाले सतप्रतिशत एस भोट पाएको निर्वाचन समितिका संयोजक तथा लायन्स क्लवका पुर्व गर्भनर धिरज गुरुङले जानकारी गराउँनुभयो ।
यसैविच सन २०२६÷२७ का लागि विराटनगरका रमेश खत्री फस्ट गर्भनर पदमा र विराटनगरकै उदयनारायण वराल सेकेन्ड भाईस डिस्ट्रिक गर्भनर पदमा सत प्रतिशत एस भोटका साथ बिजयी हुनुभएको निर्वाचन समितिका संयोजक धिरज गुरुङले जानकारी दिनुभयो ।
यसैगरी लियो इन्टरनेशनल डिस्ट्रिक ३२५ सी को प्रेसिडेन्टमा प्रवेश बास्ताकोटी र भाईस प्रेसिडेन्टमा कुलदिप यादव समेत निर्वाचित हुनुभएको छ ।
सम्पन्न लायन्सको कार्यक्रममा पुर्व लायन्स गर्भनर राजन खत्री, धिरज गुरुङ, लीला ढुङ्गेल, विकास अधिकारी, बबरजंग थापा, विजयहरी शर्मा लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन लायन्स इन्टरनेशनल २०२५÷२६ का सेक्रेटरी नेत्र चम्लगाईले गर्नुभएको थियो ।
को हुन लायन्स गर्भनर लीलाप्रसाद चिमरिया ?
झापा सुरुङ्गा निवासी लीलाप्रसाद चिमरिया लायन्स इन्टरनेशन ३२५ सी को लागि बर्ष २०२६÷२७ का लागि गर्भनर हुनुभएको छ । उहाँले लायन्समा विरलै मात्रै हुदै आएको सतप्रतिशत एस भोटका साथ गर्भनर पदमा निर्वाचित हुनुभएको हो । उहाँ लायन्स क्लव अफ कनकाई सुरुङ्गाको संस्थापक अध्यक्ष मात्रै हुनुहुन्न यस क्षेत्रमा सन २००८ मा खुलेको सुरुङ्गा जेसिजको समेत संस्थापक अध्यक्ष रहनुभएको छ । उहाँ सहासा सर्पदंश उपचार केन्द्रका अध्यक्ष लगायातका दर्जन वढी संघ संस्थामा आवद्ध रहि सामाजिक गतिविधिहरु गर्दै आउनुभएको छ । २ छोरी र एक छोरा र श्रीमती लता चिमरियाका साथमा सुरुङ्गामा रहदै आउनुभएका युवा समाजसेवी लीलाप्रसाद चिमरियाको सफल र रचनात्मक कार्यकालको शुभकामना ।



