Kanakai Online

झापाली निर्वाचित सांसदद्धारा जेन्जी शहिद परिवारसग भेट अर्जुनधारामा ७६ दिप प्रज्जलन


सोमवार, फागुन २५, २०८२ |

कनकाई अनलाईन
झापामा निर्वाचित भएको केही घण्टाभित्रै झापाका नवनिर्वाचित सांसदहरुले झापाका दुई जेन्जी शहिद परिवारको घरम पुगेर पहिलो आर्शिवाद लिनुभएको छ ।
झापा १,२,३ र ४ नम्बर क्षेत्रबाट नवनिर्वाचित सांसदहरु निशा डाँगी, इन्दिरा राना मगर, प्रकाश पाठक र सम्भु ढकाल सुस्केराले यहाँस्थित झापा अर्जुनधारा नगरपालिका ११ का जेन्जी आन्दोलनका शहिद गोपाल सेढाई र अर्जुनधारा नगरपालिका ८ का दिनेश राजवंशीको परिवारसग भेटेर समवेदना प्रकट गर्नुभएको हो ।
भेटघाटको क्रमम नवनिर्वाचित सांसद निशा डाँगीले गोपाल सेढाईको घरमा पुगेर जेन्जी आन्दोलनकै कारण आफुहरु निर्र्वाचित भएको बताउँदै शहिदको रगत खेर जान नदिने बरु जेन्जी आन्दोलनका दोशी उपर कार्वाही गरिछाडने प्रतिवद्धता जनाउँनुभयो । उहाँले जेन्जी आन्दोलनका शहिदको सदैव उच्च सम्मान गर्ने र शहिदको बलिदानले न्याय र परिवर्तन र जनताको आवाजलाई थप मजबुद बनाएको बताउँनुभयो ।
यता झापा ४ का सांसद सम्भु ढकाल सुस्केराले यो सरकार अन्य अवस्थाको जस्तो नभएको बताउँदै कांग्रेस एमाले माओवादीको अवस्थाको जस्तो कसलाई सरकार बनाउने कस्तो सरकार बनाउने भन्ने लुछाचुडी गर्ने छुट नभएको बताउँनुभयो ।
आफुहरुलाई सबै शहिद परिवार र जनताले सदैव खबरदारी गरिराख्न समेत ढकालले सबैसग अनुरोध गर्नुभयो ।
यता अर्जुनधारा ११ की जेन्जी शहिद गोपाल सेढाईकी आमा पुर्णमाया सेढाईले आफ्नो छोरो जेन्जी आन्दोलनमा मारिदा संसार सकिएजस्तो लागेको तर निर्वाचन जितेको केहि घण्टाभित्रै सांसदहरु यसरी आएर सुखदुःख हाल खबर सोधिदिदा सबैजना आफ्ना छोराछोरी भएको जस्तो लागेको बताउँनुभयो । यता गोपालका पिता धनपतिले जेन्जी आन्दोलनको मुल मर्म अनुुसार सरकार चलाउन र आन्दोलनका दोषी उपर कार्वाह ीगर्न अनुरोध गर्नुभयो ।
यता झापा क्षेत्र नम्बर ३ का नवनिर्वाचित सांसद प्रकाश पाठकले शहिदको बलिदान व्यर्थ खेर जान नदिने र जेन्जी आन्दोलको सत्य तथ्य पत्ता लगाएर दोशीलाई कानुनको दायरमा ल्याई छाडने बताउँनुभयो ।
यसैविच झापाली नवनिर्वाचित सांसदहरुले जेन्जी शहिदका स्मृतिमा पुर्वको पश्ुपतिनाथ मानिने अर्जुनधारा जलेश्वर धाममा ७६ वटा दिप प्रज्जलन गरेको थियो ।