कनकाई अनलाईन
झापाको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्धार सम्भुप्रसाद ढकालले सुरुवाती अग्रता लिनुभएको छ ।
झापाका कुल २८ वडा मध्ये गौरीगञ्ज १ को मतपरिणाम सार्वजनिक भएको छ । जसमा रास्वपाका उम्मेद्धार सम्भुप्रसाद ढकालले १७७५ मत प्राप्त गर्नुभयो । अहिले २ बजे गरिएको मत परिणाममा
उहाँका निमत्तम प्रतिद्धन्द्धी नेकपा एमालेका लालप्रसाद साँबाले ५७९ मत प्राप्त गर्नुभएको छ । ढकाल ११९६ मतले अग्रता बनाउनु भएको हो ।
यसैगरि झापा ४ मा नेपाली कांग्रेसका देउकुमार थेबेले ४५२ मत प्राप्त गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका पुरुषोत्तम चुडाल राजुले ११८ मत प्राप्त गर्नु भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्धार भक्ति प्रसाद सिटौलाले ७९ मत प्राप्त गर्दा श्रम सस्कृति पार्टीकी अमृता राईले १९४ मत प्राप्त गर्नुभएको छ । उज्यालो नेपाल पार्टीका उम्मेद्धार सन्तोस तामाङले ३८ मत प्राप्त गर्नुभएको छ भने, जनता समाजवादी पार्टीका छाता चुनाव चिन्हले पल्टन ताजपुरियाले २ मत प्राप्त गर्नुभएको छ । यसैगरि नेकपा माक्सवादीका गैती चिन्हका टेकबहादुर अधिकारीले ५ मत ल्याउदा राष्ट्रिय मुक्ति पार्टीका जातोका उम्मेद्धार त्रिनारायण राजवंशीले ४ मत ल्याउनुभएको छ । यसैगरि जनमत पार्टीका स्पीकर चिन्हका लोथ्रो हेमरमले १४ मत प्राप्त गर्नुभएको छ । यसैगरि नेपाल मजदुर किसान पार्टीका तुलसी लक्ष्मी दुमरु ० मत आएको छ । यसैगरि गरि मंगोल मगोल नेशनल पार्टीका भालेले समेत ० मत ल्याएको छ । यसैगरि संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दाप सहितका खुकुरीका किरण लिङदेनले ० मत ल्याएका छन । नेपाल कम्युनिष्ट पार्टीैका माओवादीका गुलाबको फुलले ४ मत ल्याएका छन । यसैगरी स्वतन्त्र उम्मेद्धार साजन माझिले समेत २ मत ल्याएका छन ।
यस वार्डमा जम्मा ३५३४ मत खसेकोमा २६८ मत बदर भएको झापा क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत भीमप्रसाद भुर्तेलले बताउँनुभयो । अहिले गौरीगञ्ज वार्डको २ नम्बर वार्डको गणना हुदै छ ।
यस क्षेत्रमा कुल १ लाख ३० हजार ७१२ मतदाता रहेकोमा ८३ हजार ४ सय ६६ मत खसेको थियो ।
भने यस निर्वाचन क्षेत्रमा १ स्वतन्त्र सहित १६ उम्मेद्धार निर्वाचनमा सहभागि रहनुभएको छ ।
फोटो झापा ४ मो मतगणना हुदै तस्वीर लीलाराज खड्का


