Kanakai Online

झापामा एक घण्टामा ७.५ प्रतिशत मत खस्यो


बिहिवार, फागुन २१, २०८२ |

कनकाई अनलाईन

मतदान सुरु भएको एक घण्टामा झापामा ७ दशमलव ५ प्रतिशत मत खसेको छ । बिहानै देखि नै उत्साहजनक सहभागिता रहेको मतदानमा एक घण्टामै७ दशमलव ५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।

पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार जनमत परीक्षणका लागि चुनावी मैदानमा छन् । यहाँ तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाता छन् । जसमा ५० हजार २२६ मतदाता थपिएका हुन् ।

झापामा कुल २८५ मतदानस्थल र ८१५ वटा मतदान केन्द्र छन् । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धामा रहेकाले यो क्षेत्र इलेक्सन इपिसेन्टर बनेको छ ।