कनकाई अनलाईन
श्रम सस्कृति पार्टीको कनकाई नगरपालिकका वार्डस्तरीय कमिटि गठन सुरु भएको छ ।
यसैविच कनकाई नगरपालिका २ नम्बरको वार्ड कमिटी आश्धान राईको अध्यक्षतामा गठित १६ सदस्यीय वडा पार्टीको उपाध्यक्षमा अनिसा राई,सचिवमा हिक्मत बस्नेत, सहसचिवमा बुद्धिलाल टुडु र कोषाध्यक्षमा संगिता राई लगायात रहनुभएको छ ।
श्रम सस्कृति पार्टीका जिल्ला उपाध्यक्ष सुमन पोखरेल, श्रम सस्कृति पार्टीकी झापा क्षेत्र नम्बर ४ की उम्मेद्धार अमृता राई, पार्टीका कनकाई नगर अध्यक्ष दिलिप राई, उपाध्यक्ष डिबि सिलास राई, गणेश परियार लगायातले नवगठित कमिटीलाई शुभकामना दिनुभएको थियो । यसैविच कनकाई नगरपालिकाका अन्य वार्डहरुमा समेत यसै साताभित्र कमिटीहरु गठन गर्दै जाने पार्टीका नगर अध्यक्ष दिलिप राईले बताउँनुभयो । धरान नगरपालिकाका मेयर हर्क साम्पाङ्ग राईको नृृृेतृृत्वमा गठित श्रम सस्कृति पार्टीले कनकाईका विभिन्न वार्डहरुमा श्रम गर्दै संगठन गर्दै आइरहेको छ ।


