
कनकाई अनलाईन
पुर्वको पवित्र कनकाई माई नदिमा मकर स्नान गर्नेहरुको भीड लागेको छ ।
झापाको कनकाई नगरपालिका ४ र शिवसताक्षी नगरपालिका १० मा रहेको कनकाई माईनदिमा माघ १ गतेका दिन आज विहानैदेखि नेपाल तथा छिमेकी मुलुक भारतबाट समेत मकर स्नान गर्नेहरुको भीड बढेको थियो ।
मकरसंक्रान्तिको अवशरमा कनकाई माई नदिको दुबै तटमा गत पुस २९ गतेदेखि माघ २ गतेसम्म माईवेनी मेलाको समेत आयोजना गरिएको कनकाई माईवेनी मेलाका अध्यक्ष इन्द्र पुलामी मगरले बताउँनुभयो । मकर स्नान गरेर तिलको आगो ताप्ने र तरुल, तिलको लडडु सेवन गर्नाले मनोकामना पूरा हुने र छालाको रोग समेत निको हुने जनविश्वास रहिआएको छ । माईवेनी मेलामा विभिन्न खेल तमासाहरु राखिएको र खाद्यान्न लत्ता कपडा र स्थानीय उत्पादनहरुको विक्री प्रबन्धन गरिएको माईवेनी मेला समितिका सचिव छवि थपलियाले बताउँनुभयो ।
मेलाको व्यावस्थापनका लागि स्वयमसेवक, जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको आयोजक समितिले जनाएको छ । कनकाई माईवेनी मेला कोशी प्रदेशकै ठुलो मेलाका रुपमा लाग्दै आइरहेको छ ।




