Kanakai Online

डिपिएल कनकाईको नेतृत्व ओमविक्रमलाई


शनिवार, पौष २६, २०८२ |

कनकाई अनलाईन
कनकाईमा पठन संस्कृतिको विकास गरौ सकारात्मक सोचयुक्त सुसंस्कृत युवा बनाऔ भन्ने मुल नारा सहित खुलेको डाईनामिक पब्लिक लाईब्रेरी (डिपिएल) कनकाईको अध्यक्षमा युवा शिक्षासेवी ओम बिक्रम नेम्वाङ सर्वसम्मत चयन हुनुभएको छ ।

हालै कनकाई नगरपालिका ७ दुर्गापुरमा सम्पन्न संस्थाको पाचौं अधिवेशनबाट डिपिएलको कनकाई शाखामा नेम्वाङको नेतृत्वमा सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण पुरी , उपाध्यक्षमा शान्तिमाया लिम्बू र अर्विट कडरिया चयन हुनु भएको छ भने महासचिवमा रिजन तिम्सिना र कोषाध्यक्षमा सृजना लिम्बू चयन हुन भएको छ । संस्थामा चार सदस्य अध्यक्षले मनोनित गर्ने प्रावधान अनुसार अध्यक्ष पहिलो चरणमा लक्ष्मी अधिकारी र डिल्लीराम चापागाईं परदेशीलाई मनोनित गर्नुभएको छ भने बाँकी दुई सदस्य पुनः मनोनित गर्ने बताउनुभएको छ।
त्यसैगरी संस्थाको नवनिर्वाचित निर्देशकहरूमा अंकुर उप्रेती, तारा भण्डारी उप्रेती, लोकनाथ खतिवडा र मुना दाहाल रहनु भएको छ ।

डिपिएलको नवनिर्वाचित कार्यसमितिलाई बिहिवार दुर्गापुरमा एक कार्यक्रमगरी पदस्थापना गरिएको छ ।
वर्ष २०२५ का अध्यक्ष जेनिस चम्लागाँईले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै नवनिर्वाचित अध्यक्ष ओमबिक्रम नेम्वाङलाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ भने निर्वाचन प्रमुख कमल न्यौपानेले अध्यक्ष नेम्वाङलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको छ ।
पद बहालीपछि वर्ष २०२६ का लागि अध्यक्ष नेम्वाङले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सपथ गराउनु भएको छ ।
पद हस्तान्तरणकै अवसरमा डिपिएल छात्रवृत्ति कार्यक्रम २०२५ लाई एक विधार्थी निशुल्क पढाएर सहयोग गर्ने
श्री पशुपति अङ्ग्रेजी बिद्यालय , सस्थाको प्रगतिमा अतुलनीय सहयोग गर्ने डिपिएल कनकाईका संस्थापक अध्यक्ष मदन प्रसाईं साथै डिपिएल कन्काईका लागि निरुपित वर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष कमल प्रसाद गैरे लाई कनकाई डिपिएल बर्ष २०२५ का अध्यक्ष जेनिस चौलागाईंले सम्मान गर्नुभएको थियो ।

पदस्थापना कार्यक्रममा प्रमुख अतिथि कन्काई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल , विशिष्ट अतिथि कन्काई नगरपालिकाको उपप्रमुख आशा शर्मा शिवाकोटी , डिपिएल नेपाल २०२६ का अध्यक्ष दुर्गाप्रसाद खतिवडा , नेशनल प्याप्सनका केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठ , कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदी , कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौला लगायतले शुभकामना तथा बधाई मन्तव्य व्यक्त राख्नुभएको थियोे ।

विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , जनप्रतिनिधि , सामाजिक व्यक्तित्व लगायतको उपस्थिति रहेको कार्यक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत डिपीएल कनकाईका संस्थापक अध्यक्ष मदन प्रसाईंले गर्नुभएको थियो ।
कार्यक्रमको पहिलो सत्रको सञ्चालन २०२५ का महासचिव कृष्ण पुरी ले र दोस्रो सत्रको सञ्चालन २०२६ का महासचिव रिजन तिम्सिनाले गर्नुभएको थियोे ।