कनकाई अनलाईन
झापाको बुद्धशान्ति गाउँपालिका ३ को एक कृषकको खेतमा एक जंगली हात्ती मृत फेला परेको छ ।
मंगलवार विहानै मृत जंगली हात्ती देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सिमास्थित कालिका सिमसार जाने बाटोमा स्थानीय लालबहादुर रसाईलीको खेतमा फेला परेको उक्त जंगली हात्तीको दारा भने नभएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनी यादवले गोरखापत्रलाई बताउँनुभयो । हात्ती के कारणले मरेको हो भन्ने वारेमा थप अनुसन्धान गर्नका लागि कोशीटप्पु बन्यजन्तु संरक्षणबाट वन विज्ञ टोलीलाई बोलाइसकिएको डिभिजन वन कार्यालय प्रमुख यादवले बताउँनुभयो । हात्तीको दाह्रा नपलाएको प्रारम्भिक अनुसन्धानले देखाएको र घाँउ चोट समेत नदेखिएकोले खानेकुरामा विष मिलाएको हुनसक्ने आशंका गरिएको वन कार्यालयका प्रमुख यादवले बताउँनुभयो ।
अहिले डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाउने कार्यहरु गरिरहेको छ । इलाका प्रहरी कार्यालय बुधवारेका प्रमुख प्रहरी नायव निरिक्षक चन्द्र राउत सहितको प्रहरी टोलीपनि घटनास्थलमा पुगेर अनुसन्धान थालेको जनाएको छ । झापामा पछिल्लो पटक मानव हात्ती द्धन्द्धका कारण बर्षेनी दर्जन वढी मानव र हात्तीको मृत्यु हुदै आइरहेको छ । यसपटक समेट एक जंगली हात्तीको मृत्यु भएको छ ।



