कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा भर्खरै खुलेको श्रम सस्कृति पार्टीले श्रम महाअभियान सञ्चालन सुरु गरेको छ ।
जामुनवारी सामुदायिक वन समुहका पुर्व उपाध्यक्ष समेत रहेका युवा नेता दिलिप राईको नेतृत्ववमा खुलेको यस पार्टीले नगरसमिति बनेको समाचार समेत प्रकाशन नगरि आफ्नो परिचयकै दौरानमा श्रम कार्य सुरु गरेको हो ।
आज शनिवार कनकाई नगरपालिकाको पुरानो बजार दुर्गापुर बजार क्षेत्रको सरसफाईको थालनीसगै श्रम सस्कृति नगर कार्यसमिति सार्वजनिक गरेको श्रम सस्कृति पार्टीका झापा जिल्ला उपाध्यक्ष सुमन पोखरेलले बताउँनुभयो ।
२१ सदस्यीय श्रम सस्कृति पार्टीको अध्यक्षमा दिलिप राई रहनुभएको छ भने उपाध्यक्षमा डिबि सिलास राई, विष्णुमाया लिम्बु र गणेश परियार रहनुभएको छ । यसैगरि सचिवमा अभिषेक मगर रहनुभएको छ ।
आजै सफा रहौ स्वास्थ्य रहौ भन्ने नारा सहित श्रम सस्कृति पार्टीको पहिलो कनकाई नगर कमिटीको अभियान अन्र्तगत दुर्गापुर बजार सरसफाई कार्यक्रमको सुरुवात गरिएको र आगामी शुक्रवार सुरुङ्गा बजार सरसफाई गरिने र हरेक हप्तामा कुनै न कुनै सरसफाई र श्रमको काम गरिने पार्टीका कनकाई नगर अध्यक्ष राईले कनकाई अनलाईनलाई बताउँनुभयो । श्रम अभियानमा केटाकेटीदेखि वृद्धवृद्धा सम्मका सदस्यहरु सहभागि भएका थिए । अभियानमा श्रम सस्कृति पार्टीका जिल्ला उपाध्यक्ष सुमन पोखरेल, जिल्ला कोषाध्यक्ष दिपेन्द्र राई लगायातको नेताहरुको सहभागिता रहेको थियो । यसैविच श्रम सस्कृति पार्टीमा एमाले नेता तथा कनकाई ७ का निर्वाचित पुर्ववार्डअध्यक्ष लीलाबहादुर कन्दङबा सहितका नेताहरु पार्टी प्रवेश गरिसकेका छन ।


