Kanakai Online

झापा ४ बाट एलपी साँबा सहित थापा र नेपालको नाम सिफारिस


शनिवार, पौष १९, २०८२ |

कनकाई अनलाईन
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं ४ बाट पुन पुर्वसांसद एलपी साँबा लिम्बुसहित ३ जनाको नाम सिफारिस गरेको छ ।

आज(शनिवार) सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं.४ को बैठकले साँबा सहित पुर्वप्रदेश सरकारका कृषि मन्त्री हिराकुमार थापा र भोजकुमारी नेपालको नाम सांसदमा सिफारिस गरेको नेकपा एमाले झापा जिल्ला सचिव तुलसी कार्कीले बताउँनुभयो । नेपाल पुर्व शिवसताक्षी नगरपालिकी उपप्रमुख रहनुभएको थियो । साँबा झापा क्षेत्र नम्बर ४ बाट यसअघिको २०७४ र ७९ सालको निर्वाचनमा निरन्तर रुपमा बिजयी हुदै आउनुभएको छ । उहाँको दुबै निर्वाचनमा नेपाली कांग्रेसका नेता देउमान थेबेलाई पराजित गर्दै आउनुभएको थियो । नेपाली कांग्रेसले समेत यसअघिनै जिल्ला सभापति समेत रहनुभएका थेबेलाई उम्मेद्धार घोषणा गरिसकेको छ । थापा समेत गत २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएर प्रदेश सरकारको कृषिमन्त्री समेत हुन सफल हुनुभएको थियो । यता भोजकुमारी नेपाल २०७४ सालको स्थानीय सरकारको निर्वाचनमा शिवसताक्षी नगरपालिकाको उपमेयरमा बिजयी भएर कार्यकाल विताइसक्नुभएको छ । यता झापा ४ मा यसपटक समेत पुरानै प्रतिस्पर्धीहरुबिच चुनावी भिडन्त हुने लगभग पक्कापक्की भएको छ । एमाले र कांग्रेसले पुरानै उम्म्मेद्धारलाई उठाउदा स्वतन्त्र पार्टीबाट समेत सम्भु सुस्केरालाई उम्मेद्धार बनाउने लगभग पक्कापक्की भएको छ । नेपाली कम्युनिष्ट पार्टीबाट समेत झलकसिंह दर्लामी लगायातका नेताहरुको नाम सिफारिस भएपछि झापा ४ मा पुरानै अनुहारविच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । झापा ४ मा एमालेका अध्यक्ष केपीशर्मा ओली निर्वाचनमा उठने हल्ला चलिरहेको बेला ओली आफ्नो पुरानै आधारइलाका झापा ५ मा उठने निश्चित भएको छ । राप्रपाले समेत यस क्षेत्रमा भक्तिप्रसाद सिटौलालाई निर्वाचनमा उठाउने संकेत गरिसकेको छ ।