
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ कनकाई पुलको पुर्वीभागमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको अरिदमन गण चारआलीको बम डिस्पोजर टोलीले डिस्पोज गरेको छ । हिन्दु राज्य, राजसंस्था स्थापना आगामी फागुन २१ गतेको निर्वाचन बहिस्कार लगायातको विभिन्न मागहरु राखेर सनातन सुरक्षा सेना नेपाल नाममा भुमिगत संस्थाले राखेको बम गएरातीनै राखिएकोमा आज बिहान नेपाली सेनाको अरिदमन गणले डिस्पोज गरेको हो ।

विहानैदेखि कनकाई माई पुलमा राखिएको बमका कारण स्थानीयवाशी त्रसित भएका थिए भने केहिवेर पुर्वपश्चिम सवारी साधन समेत आवगमन बन्द गरिएको थियो ।
झापाको कनकाई नगरपालिका ४ कोटीहवन क्षेत्रमा कालो ब्यागभित्र प्रेसर कुकरभित्र तार जोडिएको र उक्त ब्यागमा सनातन सुरक्षा सेना नेपालको ५ थान घोषणापत्र समेत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रनानि खगेन्द्रबहादुर खड्काले बताउँनुभयो ।

शुक्रवार रातीको समयमा उक्त शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शनिवार विहान १० बजेर ११ मिनेटमा नेपाली सेनाको बम डिस्पोजर टोलीले उक्त प्रेसर कुकर बमलाई कनकाई नदि किनारामा ल्याएर सुरक्षित तरिकाले डिस्पोज गराएको थियो । उक्त प्रेसर कुकरभित्र वारुद फेला परेको थियो भने झोलामा फेला परेको सनातन सुुुरक्षा सेना नेपालको पर्चामा नेपालमा राजसंस्था स्थापना, वैदिक सनातन हिन्दु राज्य घोषणा र फागुन २१ गतेको निर्वाचनलाई पुर्णरुपमा बहिस्कारको नारा राखिएको थियो । पर्चामा फागुन २१ गतेको निर्वाचनमा सहभागि हुने पार्टी र संस्था आफ्नो आन्दोलनको विरोधी हुने कुरा उल्लेख छ । अबको विकल्प हतियारनै भएको समेत पर्चामा उल्लेख छ ।



