कनकाई अनलाईन
आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका २ सडकवारीमा एक वालकको म,ृत्यु भएको छ ।
स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आज आईतवार दिउसो साढे २ बजेतिर पानीमा डुबेर मृत्यु भएको हो ।
खेल्ने क्रममा साढे २ बजे पानीमा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा दिउँसो ३.३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


