
कनकाई अनलाईन
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नेपालमा कुनै एक समय राष्ट्रिय खेलकै रुपमा रहेको डण्डिबियो र कबर्डी खेलका कारण विश्वसामु आफ्नो देशलाई चिनाइरहेको बताउँदै अहिले डण्डिबियोकै विकसित रुपका रुपमा क्रिकेट खेल भएको बताउँनुभएको छ ।

झापाको कनकाई नगरपालिका तुलसीवारीमा आजदेखि सुरु भएको प्रथम वार्डस्तरीय टि २० क्रिकेट खेलको समुदघाटन गर्नुहुदै कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख पोखरेलले हिजोका दिनमा हामी फुटबलमा बढि केन्द्रित भइरहेकोमा अहिले हामी क्रिकेटलाई महत्व दिन थालेको र नगरले समेत यस खेलको विकासका लागि लागि परिरहेको बताउँनुभयो । लगानी अनुसारको छोटो समयमा समेत हामीले क्रिकेटबाट प्रतिफल उठाउन सकेको नगरप्रमुखको भनाई थियो । क्रिकेटकै कारण हामी सम्पुर्ण देशवाशीको शिर गर्बले ठाडो बनेको भन्दै क्रिकेट खेलकै कारण खेलाडीहरुले नेपालको पहिचान विश्वसामु बनिसकेको बताउँनुुभयो । कनकाई नगरपालिका क्षेत्रबाट समेत राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल बनेको भन्दै खेलाडीलाई जित्नका लागि मात्रै नभएर मैले कति राम्रो काम गर्न सक्छु भन्नेमा मेहनत गरेर लाग्न समेत सुझाव दिनुभयो । कनकाई नगरपालिकाले अबका बाकी दिनहरुमा क्रिकेट खेललाई बढी महत्व दिदै जाने नगरप्रमुख पोखरेलको भनाई थियो ।
यसैविच कनकाई नगरप्रमुख पोखरेलले आजबाट कनकाई नगरपालिका ५ तुलसीवारीस्थित देवकोटा प्राविको खेल मैदानमा सुरु भएको प्रथम वार्डस्तरीय क्रिकेट प्रतियोगिताको सुरुवात गर्नुभयो । कनकाई ५ का वडाअध्यक्ष कृष्णबहादुर राईले वलिङ र नगरप्रमुख पोखरेलले ब्याटिङ गरेर उक्त क्रिकेट खेलको सुभराम्भ गर्नुभयो । न्यु रेलिमाई युवा क्लवको आयोजना तथा गर्ग फाउण्डेशन नेपालको सहआयोजनामा आयोजित क्रिकेट प्रतियोगितामा कनकाई नगरपालिकाका ९ वटै वार्डका एक एक टिम र वडानम्वर ५ को २ टिम गरि १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४५ हजार ५५५ रुपैँया र दोस्रो हुने टिमले नगद २५ हजार ५५५ रुपैँया प्राप्त गर्ने आयोजक समिति न्यु रेलिमाई युवा क्लवका अध्यक्ष भुपालमानसिंह कार्कीले कनकाई अनलाईनलाई बताउँनुभयो । आजै भएको खेलमा वडानम्बर १ र २ आआफ्नो खेलमा बिजयी भएका छन । वडानम्बर १ ले ६ लाई र २ ले ५ को बी टिमलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश पाएका हुन ।



