Kanakai Online

केपी, ओलीसँग झापामा चुनाव लड्ने बालेनको चाहना ,


मङ्गलवार, पौष ८, २०८२ |


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई फागुन २१ को निर्वाचनअघि नै एक ठाउँ ल्याउन तारन्तार प्रयास भएका थिए।

जेनजी अभियानबाट उदाएका हामी नेपालु का संस्थापक सुदन गुरूङ पनि यी दुईलाई मिलाउन प्रयासरत थिए। उनले लामिछानेलाई थुनामै भएका बेला भेटेर बालेनसँग मिल्न आग्रह गरेका थिए।

रास्वपा आफैले वैकल्पिक राजनीति गर्ने शक्तिहरूसँग मिलेर अघि बढ्ने निर्णय गरेको थियो।

मेयर बालेनको पनि जेनजी आन्दोलनसँगै राजनीतिक आकांक्षा बढेको थियो। तर संसदीय राजनीतिमा जाने कि नजाने निर्णय गर्न सकिरहेका थिएनन्। उनले रास्वपा परित्याग गरेकी सुमना श्रेष्ठदेखि कुलमान घिसिङसम्म भेटेर कुराकानी गरिरहेका थिए।

यस्तो अवस्था यी दुईलाई सोमबार राति ६/६ घन्टासम्म छलफल गर्ने मेलो जुराए रास्वपाकै पूर्वसांसद असिम शाहले।

काठमाडौंको कमलपोखरीमा असिमको पुर्ख्यौली निवास छ, जसलाई उनले केही समययता कार्यालयका रूपमा प्रयोग गर्दै आएका थिए। रवि र बालेनको भेट त्यही घरमा भएको हो।

फिल्म निर्देशक शाह र र्‍याप गायकको पृष्ठभूमिबाट आएका बालेनबीच पुरानै चिनजान थियो। काठमाडौं प्लाजामा रहेको महानगर कार्यालयबाट नजिकै भएकाले बालेन उनको घर आउजाउ गरिरहन्थे। आफ्नै पार्टीका पूर्वसांसद भएकाले रविलाई पनि असिमको कार्यालयमा बालेनसँग भेट्न सजिलो भयो।


पूर्वसांसद शाहले सेतोपाटीसँगको कुराकानीमा रवि र बालेनबीच राजनीति, व्यक्तिगत र एकअर्काको आनीबानीबारे ६ घन्टासम्म खुलेर छलफल भएको बताए।

््न्तरंग कुराकानी भयो। गीत(संगीतदेखि सुखदुस्खका कुरा भए, शाहले भने, दुई जनाको विवाह गर्न परिवार सहमत भएपछि दुलाहा र दुलहीलाई कुरा गर भनेर समय दिएजस्तो भयो।


उनले अगाडि थपे, तिमीहरू बसेर कुरा गर भनेर केटा र केटीलाई कोठामा पठाएपछि डिप लभु परे जस्तो भयो। ६ घन्टा कुराकानी भयो।

उनले रवि र बालेनबीच गोप्य कुराकानी गराउने प्रयास गरे पनि मिडियामा बाहिरिएको बताए।

दुवैलाई गाडी फेरेर आउनू भनेको थिएँ, शाहले भने, तर खबर लुक्न सकेन।

असिमले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल भए पनि कतिपय विषयमा ुवान अन वानु कुराकानी भएकाले आफू बेखबर रहेको बताए।

यो भेट बालेनको परीक्षामा रवि खरो उत्रियो कि उत्रिएन र रविको परीक्षामा बालेन खरो उत्रियो कि उत्रिएन भन्ने हिसाबले महत्त्वपूर्ण रह्यो, शाहले भने, एक अर्काको बुझाइ अनुसार कसरी सँगै जाने भन्ने विषयमा कुराकानी भयो।

रास्वपा नेताहरूका अनुसार रवि लामिछाने बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जान तयार छन्। कास्की जिल्ला अदालतमा चलिरहेको सम्पत्ति शुद्धीकरणको मुद्दाका कारण लामिछानेले चुनाव लड्न पाए पनि सांसद हुन र मन्त्रीरप्रधानमन्त्री बन्न नपाउने अवस्था छ।

बालेन पनि रविले मुद्दा जितेको अवस्थामा उनको नेतृत्व स्वीकार गर्न तयार रहेको उनको टिमका सदस्यहरूको भनाइ छ।

बालेन आफै भने झापा गएर केपी ओलीविरूद्ध चुनावमा खडा हुन चाहेको उनी निकट एक नेताले बताए। केपी ओलीलाई उनकै निर्वाचन क्षेत्रबाट नहराइकन चुनाव जितेको मज्जा नहुने कुरा बालेनले आफ्ना निकटहरूलाई बताउने गरेका छन्।

ुबालेन दाइ ओलीलाई नहराइकन त चुनाव जितेको मज्जा हुँदैन भन्नुहुन्छ, बालेनसँग निकट सम्पर्कमा रहेका ती नेताले भने, ुउहाँको चाहना ओलीलाई नै हराउने हो।

बालेन शाहको घर काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ स्थित सिनामंगलमा छ। तर उनी कुन ठाउँमा चुनाव लड्छन् वा चुनाव नै लड्दैनन् भन्ने खुलेको छैन। उनी दोधारमा रहेको ती नेताको भनाइ छ।

ुकहिले दाइ चुनाव लड्छु भन्नुहुन्छ त कहिले महानगरको कार्यकाल पूरा गर्छु भन्नुहुन्छ, ती नेताले भने, तर अहिले देशका लागि योगदान गर्नुपर्छ भन्ने वरिपरिका साथीभाइको आग्रह स्वीकार गरेजस्तो लाग्छ।

रास्वपा नेताहरूका अनुसार पार्टी र सरकारमा कसरी मिलेर काम गर्ने र चुनावी मोर्चामा कसरी सहकार्य गर्ने भन्ने विषयमा पनि अब छलफल हुनेछ।

बालेनसँगको भेटबारे मंगलबार रवि लामिछानेले चितवनमा छोटो प्रतिक्रिया पनि दिएका छन्।

ुबालेनलाई प्रधानमन्त्रीका रूपमा उम्मेदवार बनाउने गरी सहमति भएको हो ररुु भनेर पत्रकारले लामिछानेलाई प्रश्न गरेका थिए।

जबाफमा लामिछानेले भने, ुहामी त्यो चरणमा प्रवेश गरेका छैनौं।

लामिछानेले एकअर्कालाई बुझ्ने काम भइरहेको बताएका छन्।

पहिला त थाहा हुनुपर्‍यो। कुराकानी हुनुपर्‍यो। के कस्तो छ, कहाँ छ, बुझ्नुपर्‍यो। एकअर्कासँग परिस्थितिबारे जानकारी लिनुपर्‍यो,ु लामिछानले भने, ुतपाईंहरू हतार नगर्नुस्। बिस्तारै राजनीतिक चरणमा प्रवेश गर्छौं।ु