
कनकाई अनलाईन
होटल व्यावसायी संघ क्षेत्रिय समिति सुरुङ्गाको अध्यक्षमा होटल समृद्धि सुरुङ्गाका सञ्चालक समेत रहनुभएका युवा व्यावसायी गोपाल सिटौला सर्वसम्मत हुनुभएको छ ।

हिजो पर्यटकिय स्थल धनुषकोटीधाममा भएको होटल व्यावसायी संघको क्षेत्रिय अधिवेशनबाट सिटौलाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसमा वरिष्ठ उपाध्यक्षमा होटल पाचतलेका सञ्चालक समेत रहनुभएको सञ्चारउद्धमी समेत रहनुभएका कलाकार आइपी भट्टराई सर्वसम्मत हुनुभएको हो । यसैगरी उपाध्यक्षमा इन्द्रबहादुर राई, महिला उपाध्यक्षमा भुमा गौतम सचिवमा धनुषकोटी होम स्टेका सञ्चालक कैलास वराल, सहसचिवमा कुमार वास्तोला, कोषाध्यक्षमा सुरेश तिवारी र सहकोषाध्यक्षमा होटल जल कटेजका सञ्चालक पिताम्बर पाठक सर्वसम्मच चयन हुनुभएको हो ।
यसैगरि ३ सदस्य पछि थप हुनेगरि सदस्यहरुमा कुमार पाठक, विवेक अधिकारी, सपना कटुवाल, रविन अधिकारी, टंकप्रसाद लुइटेल, पंकज मण्डल, मुना आचार्य, मानबहादुर थिङ, सागर गिरी, पर्शुराम राजवंशी सर्वसम्मत चयन हुनुभएको निर्वाचन आयोगका संयोजक सञ्चारकर्मी तीर्थराज खरेलले जानकारी दिनुभयो ।
विशेष पिकनिक कार्यक्रममा विच हिजै निर्वाचित नयाँ कार्यसमितिलाई पद तथा गोकपनियताको सपथ खुवाइएको छ ।
कार्यक्रममा पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले कोशी सरकारले यस बर्ष कोशी भ्रमण बर्ष मनाइरहेको र यसका लागि यहाँका होटल व्यावसायीहरुसग मिलेर पाहुना स्वागत सत्कारमा लागि पर्ने बताउँनुभयो । पर्यटन आगमनमा सुस्तता आउदा यसको सिंगो असर होटल व्यावसायमा परीरहेको उहाँले जानकारी दिनुभयो । साथै खतिवडाले अझैपनि धेरै होटलहरु पर्यटन वोडैमा समेत सुचिकृत नभएको भन्दै यसमा आवद्ध हुन व्यावसायीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा होटल व्यावसायी संघ कोशीका अध्यक्ष राजन दंगाल, जिल्ला अध्यक्ष इन्दिरा श्रेष्ठ, होटल व्यावसायी संघ क्षेत्रिय समितिका संस्थापक अध्यक्ष हरिभक्त सिटौला लगायातले नयाँ कार्यसमितिलाई स्वागत गर्नुहुदै नयाँ समितिले यस क्षेत्रमा देखिएका विकृति विरुद्ध लडदै सम्भावनाको ढोका खोल्न सुझाव दिनुभयो ।
कार्यक्रममा आफ्नो अध्यक्षको मन्तव्य राख्नहुदै नवनिर्वाचित अध्यक्ष गोपाल सिटौलाले होटल व्यावयायभित्र रहेका चुनौतीलाई चिर्दै यस क्षेत्रका अन्य साथीहरुको साथ लिएर सम्भावनाको ढोका खोल्ने प्रतिवद्धता जनाउनुयो ।
होटल व्यावसायी संघ सुरुङ्गाका क्षेत्रिय कार्यवाहक अध्यक्ष तिलक श्रेष्ठको सभापतित्व तथा सचिव कैलास वरालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो भने सोही अवशरमा होटल व्यावसायी संघका वरिष्ठ उपाध्यक्ष आइपी भट्टराईको शब्द, निर्देशनमा रहेको यस क्षेत्रको पर्यटन प्रवद्धन गर्ने गित सुकेडाँगी गाउँ वोलको गितको समेत छायाङ्कन गरिएको थियो ।


