
कनकाई अनलाईन
जेन्जी आन्दोलनका बखत आफ्नो सवारी जलेपछि सवारी विहिन बनेको इलाका प्रहरी कार्यालय सुरुङ्गालाई कनकाई नगरउपप्रमुख आशा शर्मा शिवाकोटी चढदै आएको रातो कलरको बुलेरो गाडी प्रदान गरेको छ । यो सगै
कनकाई नगरपालिकाको नगरप्रमुख र उपप्रमुख चढ्ने दुबै गाडी प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न दिएको छ ।
झापाको कनकाई नगरपलिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल र उपप्रमुख आशाशर्मा शिवाकोटीले आफु चढने दुबै सवारीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गालाई प्रदान गर्नुभएको हो ।

यसअघि नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले चढदै आएको बोलेरो जीपलाई प्रहरीलाई दिएकोमा गत भदौ महिनाको २४ गते भएको जेन्जी आन्दोलनमा प्रहरीको गाडी जलाइदिएपछि प्रहरीले नियमित गस्तीका लागि समस्या भएको थियो । पछिल्लो समय नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले चढ्दै आएको मे १ झ १२२ नम्बरको बुलेरो गाडीलाई पुन इलाका प्रहरी कार्यालय सुरुङ्गालाई आज विशेष कार्यक्रममा विच दिइएको कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । नगरप्रमुख पोखरेल उपप्रमुख आशाशर्मा शिवाकोटी, प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद न्यौपाने, नगरपालिकाका प्रवक्ता कृष्ण बहादुर राई, ६ का वडाअध्यक्ष लक्ष्मी ओली, ले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक सुबास ढुङ्गानालाई नगरपालिकाको उक्त गाडीको चावी हस्तानतरण गर्नुभएको थियो । कार्यक्रममा नगरप्रमुख पोखरेलले आफुहरुलाई नियमित कामकाज र अनुगमनका लागि सवारी अत्यावश्यक भएको भएपनि आफुभन्दा वढी आवश्यकता जनताको जीउज्यानको सुरक्षाका लागि प्रहरीलाई आवश्यकता परेको महसुस गरि कार्यपालिकाको निर्णयबाटै उक्त सवारी प्रहरीलाई हस्तानतरण गरिएको बताउँनुभयो ।
यता नगरपालिकाले दिएको सवारीबाट आफ्ना दैनिक कार्यसम्पादनमा सहयोग पुगेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख ढुङ्गानाले बताउँँनुभयो ।


