Kanakai Online

कनकाई ४ का खेलाडीलाई नगरपालिकाले दियो खेल सामाग्री


सोमवार, पौष ७, २०८२ |

कनकाई अनलाईन
यहाँस्थित प्रस्तावित कनकाई नगरपालिकाको रङ्गशालामा नियमित खेल अभ्यास गर्ने खेलाडीहरुलाई कनकाई नगरपालिका र कनकाई नगरपालिका ४ नम्बर वार्डले खेल सामाग्री प्रदान गरेको छ ।


कनकाई ४ स्थित बुद्धचौकमा रहेको कनकाई माविको खेल मैदानलाई कनकाई नगरपालिकाले आफ्नो नगरको प्रस्तावित रङ्गशालाका रुपमा विकास गर्दै लगिरहेको छ भने संघिय सरकारबाट त्यस क्षेत्रमा कर्भडहल निर्माण सम्पन्न भइसकेको छ भने प्रदेश सरकारबाट घेरावारा र नगरपालिका र वार्ड कार्यालयबाट समेत यस खेल मैदानलाई स्तर उन्नति भइरहेको कनकाई नगर खेलकुद विकास समितिका सदस्य समेत रहेका तुलाराराम विकले कनकाई अनलाईनलाई बताउँनुभयो ।
यसैविच यस चौरमा नियमित प्रशिक्षणमा रहने खेलाडीहरुलाई खेलमा सहयोग पुर्याउने उद्धेश्यका साथ कनकाई नगरपालिका र कनकाई नगरपालिका वार्डनम्बर ४ ले खरिद गरि केहि खेल सामाग्रीहरु प्रदान गरेको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई नगरपालिका वार्डनम्बर ४ का वडाअध्यक्ष रोषन सुवेदी, कनकाई नगरपालिकाका कर्मचारी सहायक पाचौ विजय पाठक, कनकाई नगर खेलकुद विकास समितिका सदस्य तुलाराम विक, खेलाडी ज्ञानु तामाङ्ग लगायातको सहभागितामा यहाँका खेलाडीहरुलाई २४ थान फु्टबल, ग्लोब, फुटबल नेट, पोन,सिटी, मार्कर लगायातका खेल सामाग्रीहरु प्रदान गरिएको हो । यस खेलमैदानमा त्यहाँ खेल खेलीरहेका खेलाडीहरुलाई व्यावसायिक बनाउनका लागि चर्चित क्लव थ्री स्टारका प्रशिक्षक समेत रहेका प्रनिश दर्जी, खेलाडीहरु ज्ञानु तामाङ्ग र रोषन माझि लगायातले प्रशिक्षण समेत प्रदान गरिरहेका छन ।
खेल सामाग्री प्रदान गर्नुहुदै कनकाई नगरप्रमुख पोखरेलले खेलाडीहरुलाई आफुलाई अब्बल स्तरको बनाउन नियमित अभ्यासमा भाग लिन र प्रशिक्षकको भनाईलाई अनुशरण गर्न आग्रह गर्नुहुदै राम्रो खेलाडी उत्पादनमा नगरले निरन्तर सहयोग गर्ने बताउँनुभयो । नगरप्रमुख पोखरेलले महिला फुटबलमा कनकाई नगरपालिकाले धेरै राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको र अब पुरुष फुटबलमा समेत अझ राम्रो गर्ने आशा राखेको बताउँनुभयो । कनकाई नगरपालिकाले उत्कृष्ट खेलाडी र उत्कृष्ट नागरिक बनाउन कुनै कसर वाकी नराख्ने प्रतिवद्धता जनाउनु भयो ।