कनकाई अनलाईन
झापाको सुरुङ्गामा कनकाई सुरुङ्गा प्रेस क्लवका उपाध्यक्ष सिएम शर्मा आज सम्मानित भएका छन ।
यसैबर्षदेखि यहाँस्थित भीमसेन बचत तथा ऋण सहकारी संस्थाले सुरु गरेको हरेक बर्ष एकजना पत्रकारलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको र विगत २३ बर्षदेखि सुरुङ्गालाई कर्मभुमि बनाएर पत्रकारिता गरिरहेका चुडामणि तिम्सिना –सिएम शर्मालाई सम्मान गरिएको भीमसेन बचत तथा ऋण सहकारी संस्थाका एक सदस्यले बताए ।
सहकारीले आफ्नो १६ औं वार्षिक साधारण सभाको अवसर पारेर पत्रकार शर्मालाई सम्मान गरेको हो । शर्मालाई सहकारीका संस्थापक अध्यक्ष भरतकुमार श्रेष्ठ, पुर्व अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, हालका अध्यक्ष तेजु प्रधान समाजसेवी रामबाबु महर्जन लगायातले नगद सहित सम्मान गरेका हुन । सोही अवशरमा सहकारीले आफ्नो आय व्याय समेत पारित गरेको बताइएको छ ।


