Kanakai Online

तुलसीवारीमा नव प्रतिभा खोज


मङ्गलवार, मंसिर १७, २०८२ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ५ स्थित देवकोटा प्रावि तुुलसीवारीमा वालवालिकामा अन्र्तनिहित वाल प्रतिभाको खोजी गर्ने उद्धेश्यका साथ नव प्रतिभाको खोज कार्यक्रमको आयोजना गरिएको छ ।
एकता बाल संञ्जाल कनकाई ५ को आयोजना तथा देवकोटा प्राविको समन्वयमा देवकोटा प्राविमा आयोजित नवप्रतिभा खोज कार्यक्रममा चित्रकला तथा गायन विधा तर्फ विद्योदय अंग्रेजी मावि प्रथम स्थान हासिल गर्न सफ लबनेको छ । यसैगरि नृत्य, वक्तृत्वकला र कविता वाचनमा भगवती आधारभुत विद्यालय प्रथम स्थान हासिल गर्न सफ लबनेको छ । यसैगरि हस्तलेखन प्रतियोगितामा बेनुबाजा अंग्रेजी विद्यालय प्रथम स्थान हासिल गर्न सफ लबनेको हो ।
प्रतियोगितमा झापा कनकाई नगरपालिका ५ मा अवस्थित ४ विद्यालयहरु विद्योदय अंग्रेजी मावि, भगवती आधारभुत विद्यालय, वेनुवाजा अंग्रेजी मावि र देवकोटा प्राथमिक विद्यालयले सहभागिता जनाएका थिए । सबै विधाका प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
विद्यार्थीहरुलाई कनकाई नगरपालिका ५ का वडाअध्यक्ष कृष्णबहादुर राई, देवकोटा प्राविकी अध्यक्ष सचित्रा खनाल चुडाल, एकता वडा बाल सञ्जाल कनकाईका अध्यक्ष निक्षा निरौला लगायातले पुरस्कार प्रदान गर्नुभयो ।
विद्यार्थीमा रहेका अन्ततिहित प्रतिभालाई बाहिर ल्याउन प्रतियोगिताले महत्वपूर्ण भुमिका खेलेको कार्यक्रमका प्रमुख अतिथि कनकाई ५ का वडाअध्यक्ष कृष्णबहादुर राईले बताउँनुभयो ।