
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ५ स्थित विद्योदय अंग्रेजी माविमा २ दिने एक रातको स्काउटको रात्रीकालिन क्याम्प फाइरिङ्ग र सास्कृतिक कार्यक्रम विविध कार्यक्रममका विच विद्यालयमा सम्पन्न गरिएको छ ।
विद्यालयका विद्यार्थीहरुलाई जीवनमा आइपर्ने विभिन्न समस्याहरुसग जुध्न र अगाडि बढ्नका लागि स्काउट तालिम जीवनउपयोगी हुने भएकोले स्काउट शिक्षाकै लागि स्कुललले २ दिने एक रातको स्काउट जीवन उपयोगी यस रात्रीकालिन तालिम र क्याम्पस फायरको कार्यक्रम राखिएको विद्योदय अंग्रेजी माविका प्रिन्सिपल तथा प्याब्सन कनकाईका अध्यक्ष समेत रहनुभएका विनोद उप्रेतीले बताउँनुभयो ।

विद्यालयमा आयोजित यस कार्यक्रममा कनकाई नगरपालिका ५ का वडाअध्यक्ष तथा कनकाई नगरपालिकाका प्रवक्ता कृष्णबहादुर राई, कनकाई नगर प्याब्सनका सचिव तथा झापा मेरिगोल्ड माविका प्रिन्सिपल गोकुल उप्रेती लगायातले स्काउट तालिमले विद्यार्थीलाई जीवनकालमा आइपर्ने कठिनाईसग जुध्न र देशप्रेम गर्न सिकाउने बताउँनुभयो ।
विद्यालयका प्रिन्सिपल विनोद उप्रेतीले कार्यक्रममा विद्यायले किताबी शिक्षा वाहेक विद्यालयले खेलकुद र देशप्रेम र जीवन जीउने कलाका लागि विद्यार्थीहरुलाई विद्यालयले तयार पारिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रमको प्रस्तुति दिएका थिए भने कार्यक्रममा अभिभावक, यहाँका संघ संस्थाका प्रतिनिधि जनप्रतिनिधि, पत्रकार,स्काउट शिक्षक लगायातको वाक्लो उपस्थिति रहेको थियो ।



