Kanakai Online

अन्तर क्याम्पस फुटबलको उपाधि कनकाई क्याम्पस सुरुङ्गालाई


सोमवार, मंसिर २, २०८२ |

कनकाई अनलाईन
झापाको सुरुङ्गामा जारी अन्तर क्याम्पस स्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजक कनकाई बहुमुखी क्याम्पसले जितेको छ ।
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा गत कार्तिक २८ गतेबाट आयोजीत अन्तर क्याम्पस स्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजक क्याम्पस कनकाइले जितेको हो ।

झापाका इन्द्रचन्द्र क्याम्पस , सीताराम बहुमुखी क्याम्पस , शनिशरे बहुमुखी क्याम्पस , कनकाई आदर्श बहुमुखी क्याम्पस , काँकरभिट्टा बहुमुखी क्याम्पस , दमक बहुमुखी क्याम्पसबाट एकएक टिम र आयोजक कनकाई बहुमुखी क्याम्पसबाट “ए” र “बी” टिम गरी दुई टिम सहित आँठवटा टिमको सहभागिता रहेको प्रतियोगिताको मंङ्सर १ गते भएको फाइनल खेलमा कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाकै “ए” र “बी” टिमले प्रतिस्पर्धा गर्दै प्रतियोगिताको दुवै उपाधी आफ्नै घरमा राखेका हुन् ।

प्रतियोगितामा कनकाई बहुमुखी क्याम्पसको “ए” टिमले पहिलो खेलमा शनिश्चरे बहुमुखी क्याम्पसलाई र दोस्रो खेलमा इन्द्रचन्द्र क्याम्पसलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । कन्काईकै “बि” टिमले पहिलो खेलमा काँकरभिट्टा क्याम्पसको टिम नआएपछि नेटबल हानेको थियो भने दोस्रो खेलमा कनकाई आदर्श क्याम्पसलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

फाइनल खेलमा कन्काईको “ए” टिमले “बी” टिमलाई ७–२ दुई गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ । जितको लागि कनकाईको “ए” टिमका तर्फबाट किरण उराउले ३ गोल , सन्देश शिवाकोटीले दुई गोल र पूजन संग्रौला र सुशील कार्कीले समान एकएक गोल गरेका थिए । प्रतिस्पर्धामा उत्रिएको “बी” टिमका तर्फबाट हर्क लिम्बु र पुजन चौधरीले समान एकएक गोल गर्दा टिम “बी” उपविजेतामै सीमित रहेको थियो ।

प्रतियोगिताको विजेता टिमले नगद रु. २५ हजार, ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता टिमले नगद १५ हजार , ट्रफी , मेडल र प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितका विजेता तथा उपविजेता दुवै टिमलाई कनकाई बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेमप्रकाश चुडाल , क्याम्पस प्रमुख विकास उप्रेती , सहायक क्याम्पस प्रमुख शेरबहादुर बानिया , सञ्चालक समितिका सदस्य खगेश्वर उप्रेती , क्याम्पसका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख डिल्लीबहादुर भट्टराई , स्ववियु सभापति वासुदेव निरौला लगायतले पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगितामा कनकाई बहुमुखी क्याम्पसका “ए” टिमका खेलाडी किरण उराउ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहालाई ट्रफी साथै प्राध्यापक सङ्घका सभापति तुलसी कार्कीबाट सौजन्य गरिएको रु १ हजार प्रदान गरिएको थियो भने फाइनल खेलको पहिलो गोलकर्ता पनि उराउनै रहनुभएको थियो । उहाँलाई क्याम्पसका प्राध्यापक नवीन पराजुलीबाट घोषणा गरिएको पहिलो गोलकर्ताको नगद राशी रु. पाँच सय प्राध्यापक पराजुलीले प्रदान गर्नुभयो । त्यस्तै कनकाई बहुमुखी क्याम्पसकै “ए” टिमका खेलाडी पूजन संग्रौला म्यान अफ द म्याच घोषित हुँदै ट्रफी हात पार्नुभएको छ ।
प्रतियोगिता अवधिभर प्राथमिक उपचारको व्यवस्था कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित सुरुङ्गा मेडिसिन सेन्टरले गरेको थियो ।

प्रतियोगिताको समापन समारोहको अवसरमा यस अघिनै क्याम्पसमा सञ्चालन भएको अन्तरतहगत फुटबल प्रतियोगिताको विजेता टिमलाई मेडल समेत प्रदान गरिएको थियो ।

सम्बन्धित खबर