
कनकाई अनलाईन
झापाको शिवसताक्षी दुधे रंगशालामा भोली सोमवार हुने झापा महिला गोल्डकपको फाईनल खेलमा उपाधि रक्षा गर्ने दुई विभागीय टीम एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले दावी गरेका छन ।
फाईनल खेलपुर्व आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली प्रथम महिला गोल्डकपको उपाधिका लागि आफुहरु तयार रहेको बताएका हुन ।
एपिएफका प्रशिक्षक जिवेश पाण्डेले फाइनलमा अहिलेसम्म फुटबल टिमले पराजय नभोगेको आत्मविश्वास रहेको र त्यहि लय समात्ने बताउँनुभयो ।
त्यस्तै एपिएफकी कप्तान अनिता बस्नेतले आफुहरु सधैभरी जितको ट्रफीका लागि खेल्ने भन्दै झापाको मैदानमा उपाधि जित्नेमा विश्वस्त रहेको बताउँनुभयो ।
नेपाल पुलिस क्लबका प्रशिक्षक भोला सिलवालले आफ्नो टिममा रेखा पौडेल, पूजा राना मगरजस्ता स्टार खेलाडीहरु रहेकोले एपिएफलाई रोक्ने विश्वास व्यक्त गर्नुभयो । पुलिसको टिममा अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेकोले उपाधि रक्ष ागर्ने सिलवालले बताउँनुभयो ।
पुलिस क्लवकी कप्तान अमृता जैशीले समेत विगतमा एपिएफसगको पराजयको बदला झापामै लिने आफुहरुलाई यो अवशर रहेको बताउँनुभयो । “हामीले विगतमा धेरैपटक एपिएफसँग पराजय व्यहोरेका छौँ, तर यसपटक बदला लिँदै ट्रफी लिएर जानेछौँ । झापाको दर्शकका सामु पुलिसले उत्कृष्ट खेल देखाउनेछ”, जैशीले भन्नुभयो ।
प्रतियोगितामा विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् ।


