Kanakai Online

कनकाई माविमा छाया नेपालले बनाईदियो बहिरा छात्रबास


शुक्रवार, कार्तिक २२, २०८२ |

कनकाई अनलाईन
अन्तराष्ट्रिय संस्था छाया नेपालले आफ्नो ८० प्रतिशत अनुदानमा यहाँस्थित कनकाई माविको विशेष शिक्षा तर्फको बहिरा विद्यार्थीहरुको छात्रावास निर्माण गरिदिएको छ ।
अन्तराष्ट्रिय गैरसरकारी संस्था छाया नेपालको मुख्य लगानी तथा स्थानीय कनकाई नगरपालिकाको १५ प्रतिशत तथा कनकाई माविकै ५ प्रतिशत लगानीमा कनकाई माविको हाताभित्र बहिरा बिद्यार्थीहरुका लागि छात्रावाँस निर्माण सम्पन्न भएको हो । शुक्रवार आज विद्यालयमा विशेष कार्यक्रमका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, छाया अस्ट्रिया प्रमुख सविने क्लोत्ज, छाया नेपाल परियोजना प्रमुख राम मर्हजन, छाया नेपाल परियोजना प्रमुख देवमणि पोखरेल, कनकाई माविका अध्यक्ष चन्द्र प्रसाई, प्रअ कर्णबहादुर डाँगी लगायातले निर्माण सम्पन्न भएको सुविधा सम्पन्न भवनको उद्घाटन गर्नुभयो ।
कुल ९८ लाख ९५ हजार ८ सय ४२ रुपैँया लागतमा निर्माण गरिएको उक्त सुविधा सम्पन्न २ तले भवनमा हरेक तला १४ सय ८१ बर्गफिट रहेको छ । उक्त छात्रावास निर्माणपछि त्यहाँ कनकाई माविमा अध्यानरत् कनकाई नगरपालिका बाहिरबाट यहाँ अध्यान गर्न आउने सुस्त श्रवण भएका बहिरा .विद्यार्थीहरु आवाशीय रुपमा बस्ने छन । हाल कनकाई माविमा ८३ जना सुस्त श्रवण भएका विद्यार्थीहरु अध्यान गर्दै आएका छन जसमा ४ जना विद्यार्थीहरु कनकाई नगरपालिका क्षेत्रका अध्यानरत् रहेको र बाकी सबै विद्यार्थीहरु झापा जिल्लाको शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका, इलाम जिल्लाका विभिन्न पालिका तथा मोरङ, सुनसरी, सप्तरी सम्मका विद्यार्थीहरु अध्यान गर्दै आएका विद्यालयका प्रअ कर्णबहादुर डाँगीले बताउँनुभयो ।
हाल विद्यालयमा एउटा मात्रै छात्राबाँस हुदा छात्र, छात्रालाई राख्न समस्या भएको र स्थान अभावमा विद्यार्थीले अध्यानका लागि बाहिर कोठा भाडामै लिएर बस्नुपरिरहेको प्रअले बताउँनुभयो । अब थपिएको यस छात्राबाँसलाई छात्रालाई राखिने र यसमा थप २५ जना विद्यार्थीलाई राख्न सकिने प्रअको भनाई छ ।


छात्रावास उदघाटन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जेन्जी आन्दोलनका कारण नगरपालिका क्षत विक्षेत भएपनि नगरले आफु शिक्षा क्षेत्रमा लगानी गर्न पछाडि नहटेको बताउँनुभयो । हामीले पनि सभ्य नागरिक उत्पादनमा केहि लगानी कम गयौ होला त्यसकारण पनि बढी नगरपालिकाभित्र क्षति हुनपुगेको हुनसक्छ यसबाट हामीले पनि सच्चिने छौ नगरप्रमुख पोखरेलको भनाई थियो ।
विदेशी दातृ निकाय छाया नेपाल लगायातको सहकार्यमा नगरपालिका भित्र अत्यावश्यक रुपमा रहेको सुस्त श्रवण भएका विद्यार्थीहरुको छात्राबाँस बनेकोमा नगरको तर्फबाट नगरप्रमुख पोखरेलले धन्यावाद प्रदान गर्नुभयो । विशेषका विद्यार्थीहरुका लागि नगरपालिकाले अन्य दातृ निकाय समेतको सहयोगको खोजी गरेर थप सुविधा थपिने नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा विदेशी सहयोगी संस्था छाया अष्ट्रिया प्रमुख सविने क्लेत्ज, छाया नेपाल परियोजना प्रमुख राम महर्जन लगायातले आफुहरुले यस क्षेत्रमा सहयोग गर्न पाएको र सहयोगको सदुपयोग भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहयोगी दाताहरु तथा यस कार्यक्रम कनकाईमा ल्याउन सहयोग गर्ने सबै दाता र सहयोगीहरुलाई विद्यालयले सम्मान समेत गरिएको थियो । कार्यक्रमको कनकाई माविका अध्यक्ष चन्द्रप्रसाद प्रसाईको सभापतित्व तथा सहायक प्रअ तीर्थराज खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर