Kanakai Online

आईतबारदेखि वेपत्ता शर्माको शव गाडिएको अवस्थामा फेला, २ पक्राउ


शनिवार, कार्तिक १६, २०८२ |

कनकाई अनलाईन
गत आईतबारदेखि वेपत्ता बनेका झापा शिवसताक्षी १० सन्थाल वस्तीका ३२ बर्षिय युवा सरोज शर्माको शव गाडिएको अवस्थामा शनिवार फेला परेको छ ।


शर्मा आईतवार गाडी सहित वेपत्ता बनेका शर्मा चढेको वाग्मती प्रदेशको ०१–०३०च ७१९४ नम्बरको गाडी शुक्रवार मेचीनगर नगरपालिका १३ चारआलीस्थित हातेमालो सामुदायिक वनहाताभित्र जल्दै गरेको अवस्थामा फेला परेको थियो । उनी सवार गाडी फेला परेपनि शर्माको भने अवस्था अज्ञात रहेको थियो । उनै शर्माको शव झापा गाउँपालिका ५ र बाह्रदशी गाउँपालिका २ जोडने हुलाकी राजमार्गको विरिङ नदिको पुलमुनि शनिवार शर्माको शव गाडेको अवस्थामा फेला पारिएको हो । हाल उनको शवलाई पोस्ट म्याटमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।


प्रहरीले घटनामा सग्लन भएको आरोपमा शर्माका २ जना साथीलाई नियन्त्रणमा लिएको छ । उनीहरु मृतक मध्ये शर्माका छिमेकीहरु दुबैजना शाह थरकालाई पक्राउ गरको हो । जसमध्ये एकजनालाई नेपाल भारत सिमास्थित मोरङको जोगमनीबाट र अर्का एकजनालाई शिवसताक्षी नगरपालिका १० माईधारबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । भाग्दै गरेको अवस्थामा विशेष सुकाकीका आधारमा प्रहरीले शर्माका साथी तथा छिमेकी शाहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुबैजना मिल्ने साथी भएको बुझिएको छ । प्रहरीले घटनावारेमा सुक्ष्म अध्यान अनुुसन्धान थालेको जनाएको छ । यता आक्रोसित स्थानीय र पिडित परिवारका सदस्यले हत्या आरोपितको घर माईधारमा तोडफोड गरिदिएका छन ।

सम्बन्धित खबर