कनकाई अनलाईन
काठमाडौँ, कात्तिक १४ गते । सुनको मूल्य प्रतितोला रू। दुई हजार सात सय बढेको छ ।
बिहीबार प्रतितोला रू। दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू। दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा रू। ८० ले बढेर रू। तीन हजार ६० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस


