कनकाई अनलाईन
झापाको बिर्तामोडबाट ९ जना जुवाडे पक्राउ परेका छन् ।
शुक्रवार बिहानको राति १ः४५ बजे बिर्तामोड –४ पश्चिम स्टेन्ड छेउमा डेरा लिई बस्ने बाह्रदशी ४ बस्ने २९ वर्षीय राजकुमार साहको कोठामा तास खेल्दै गरेका जुवाडेहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा बिर्तामोड २ बस्ने बर्ष ३८ का रतन राजवंशी , सोही ठाउँ बस्ने बर्ष २६ का किशोर पराजुली , बर्ष ४३ का उत्तम शिवाकोटी , बर्ष ४३ का राजन थापा ,बिर्तामोड ३ बस्ने बर्ष ४० का डम्बर बस्नेत , सोही ठाउँ बस्ने बर्ष ४० का दिवाकर प्रसाई , बिर्तामोड ५ बस्ने बर्ष ३६ का राजेन्द्र चौधरी , बाह्रदशी ४ बस्ने बर्ष २९ का राजुकुमार साह र मेचीनगर २ बस्ने बर्ष २८ का नारायण पराजुली रहेका छन् ।
तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनामरनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट नगद रु ७५ हजार ६०० र नखोलेको सिलप्याक तास ७ बुङ, खोलेको १ बुङ तास बरामद भएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रशासन झापाबाट जुवा कसुरमा ५ दिन म्याद लिई अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


