Kanakai Online

संघिय लिम्वुवानको युएईमा पनि कमिटी


बिहिवार, कार्तिक १४, २०८२ |

कनकाई अनलाईन
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल अन्तर्गत प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च युएई को सातौ महाधिवेशन हालै सम्पन्न भएको छ । गत आईतवार दुबई राज्यको बरदुबही शहर स्थित होटल एभरेष्टमा आयोजित अधिवेशनको प्रमुख अतिथि अन्तर्राष्ट्रिय प्रवाश समिती अध्यक्ष बिक्रम पङ्धाक( मिसाम) रहनुभएको थियो। कार्यक्रमको सन्चालन युएई महासचिब मुमि ईधिङगो र उपमाहासचिव राजेश थेबेले गर्नु भएको थियो । कार्यक्रम बिक्रम वाजिहाङ “साम्माङ “ को अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको झापा जिल्ला अध्यक्ष राजा आङ्थुपो(निस्सेहाङ)ले कनकाई अनलाईनलाई जानकारी दिनु भयो ।
जसमा .अध्यक्षमा बिक्रम वाजिहाङ “ साम्माङ“ .वरिष्ठ उपाध्यक्ष – भिमा ईधिङ्गो लिम्बू “ यम्भामी“ उपाध्यक्षमा लक्कीराज बेघा “मुक्साम खाम्बेक, लोकेन्द्र सम्बाहाम्फे र मेख योङहाङ “तान्छोगेन“
यसैगरी महिला–उपाध्यक्षहरुमा सिमा सुब्बा मावो “फुङ्गमा, – रश्ना सुब्बा,
.र सन्जा लङ्वा लिम्बू यसैगरि महासचिवमा, मनिषा खाम्दाक “इङ्गाषा“.उप–महासचिव – राजेश थेबे “तान्छोप, .सचिवमा कुमार बस्नेत “नुबा, सहसचिवमा दिलिप सिंह तिरुवा, अर्थसचिव – योगेश निङ्लेकु “सरम्बा,.सह–अर्थसचिव – अविना सम्बाहाम्फे “सेसेमा र प्रवक्तामा यतिमहाङ मेन्याङ्बो रहनुभएको छ । यसैगरि महिला विभाग प्रमुख – निर्मला मेन्याङ्बो “नुमाफुङ, सांस्कृतीक विभाग प्रमुख – संङ्गीता कुरुम्बाङ रहनुभएको छ । अन्य सदस्यहरुमा हिरा वि.क “नुमा“रन्जु कार्की, राम कुमार लिम्बू “ताङ्साङ“,सरिता लिङ्देन सुमेन्छ्या, साजन पुमा राई “नाम्योङ“, सुबास चन्द्र श्रेष्ठ , मनकुमार तुम्बापो,सबिता सुब्बा लिम्बू , भिम माया राई,पर्शुराम भुजेल, खगेन्द्र कुरुम्बाङ , राम कुमार योङहाङ,दिपक लिम्बू, चन्द्र प्रसाद लिवाङ, मुना लिम्बू , अनु गुरुङ, कमल बहादुर यसमली , धन माया यसमली ,खड्क बहादुर साम्सोहाङ लिम्बू , बलमाया गुरुङ, राजु तामाङ, भिमा खड्का, विरेन्द्र चौधरी , लक्ष्मी राइ, हेमराज लिम्बू ,दुर्गा थोक्लेन लिम्बू ,सुरेश लामा, लिला पालुङ्वा लिम्बू , पार्वती थलङ (ठुली) लगायत रहनुभएको छ ।

सम्बन्धित खबर