Kanakai Online

कनकाई सुरुङ्गा प्रेस क्लवको दसै लक्षित शुभकामना कार्यक्रम


मङ्गलवार, असोज १४, २०८२ |

कनकाई अनलाईन
कनकाई सुरुङ्गा प्रेस क्लवको आयोजनामा दसै तिहार तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको छ ।
कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष लीलाराज झापालीको सभापतित्व तथा नेपालका चर्चित पत्रकार समेत रहेको प्रेस क्लवका सदस्य गौरव पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्थानिय पत्रकारितालाई कसरी जनमुखी बनाउन सकिन्छ भन्ने वारेमा अन्तक्र्रिया कार्यक्रम राखिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले बर्तमान अवस्थामा स्थानिय पत्रकार र सञ्चार माध्यम थप सशक्त नहुने हो भने आन्तरिक लोकतन्त्र कमजोर हुने र स्थानीय तहमा समेत भ्रष्टाचार बढेर जाने भन्दै नागरिक समाज समेतको सहयोगमा स्थानीय सञ्चार माध्यम थप सशक्त र जनमुखी हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कनकाई सुरुङ्गा प्रेस क्लवका संस्थापक अध्यक्ष तीर्थराज खरेलले कनकाई नगरपालिकामा सञ्चालित सञ्चार माध्यम चरम आर्थिक संकटका विचमा पनि सञ्चालनमा रहेर जनताको आवाज मुखरित गरिरहेको बताउँनुभयो । साथै खरेलले वर्तमान अवस्थामा सञ्चारमाध्यमले भोग्नुपरिरहेको समस्याका वारेमा अवगत गराउनुभएको थियो ।
कार्यक्रममा पत्रकारहरु मनोज बस्नेत, अनुप भण्डारी, विकास उप्रेती, रामप्रसाद निरौला, जनक न्यौपाने, चन्द्र बस्नेत, ऋषि लामिछाने लगायातले सञ्चार माध्यमको महत्व जेन्जी आन्दोलनपछि झन बढेको बताउँदै नागरिक समाजले पत्रकारिताबाट धेरै कुराको अप्रेक्षा गरिरहेको तर सिमित स्रोत साधनका कारण जनअप्रेक्षा पत्रकारहरुले पूरा गर्न नसकिरहेको बताउँनुभयो । कार्यक्रममा स्थानीय सरकारबाट स्थानीय पत्रकारहरुले ज्यादै न्युन सहयोग मात्रै पाइरहेको भन्दै सामाजिक र संघ संस्थाहरुसमक्ष मद्धतका लागि आव्हान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कनकाई सुरुङ्गा प्रेस क्लवका उपाध्यक्ष सिएम शर्माले स्वागत गर्नुभएको थियो ।

सम्बन्धित खबर