
कनकाई अनलाईन
गत भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा विस्तापित इलाका प्रहरी कार्यालय सुरुङ्गा आजबाट पुनस्थापित भएको छ ।
आज विशेष कार्यक्रमका विच विस्तापित भएर अन्यत्र गएका प्रहरीलाई कनकाई उद्योग वाणिज्य संघले विशेष कार्यक्रमको आयोजना गर्दै कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले सबै प्रहरीलाई खादा अबिर लगाएर स्वागत गर्नुभयो ।
विशेष कार्यक्रमको आयोजनामा यस क्षेत्रका उद्योग वाणिज्य संघ, सुनचादी व्यावसायी संघ, जेन्जी समुह, यहाँका संघ संस्थाका प्रतिनिधि, होटल व्यावसायी संघ, जनप्रतिनिधिहरुले खादा माला लगाउँदै इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सुबास ढुगांना नेतृत्वको प्रहरी टोलीलाई स्वागत गरेको हो । स्वागत कार्यक्रममा बोल्दै कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जेन्जी आन्दोलनका केही मागहरुप्रति आफ्नो समेत नैतिक समर्थन रहेको भएपनि सार्वजनिक सम्पत्तिको नष्ट्र गर्ने र बन्द निषेधित नगरीको गरिमालाई आच ल्याएकोमा भने आफ्नो दुखेसो रहेको बताउँनुभयो । नगरप्रमुख पोखरेलले नगरपालिकाको आफ्नो पुरानो गरिमालाई पुर्न स्थापित गर्नका लागि सबैको साथ सहयोगको आवश्यकता रहेको समेत बताउँनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि कनकाई ५ का वडाअध्यक्ष तथा कनकाई नगर प्रवक्ता कृष्णबहादुर राई, जेन्जी प्रतिनिधि दिवश कार्की, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख सुबास ढुगांना, इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी प्रमुख बलबहादुर राई लगायातले कनकाई नगरीको शान्ति सुरक्षाका लागि कुनै कसर बाकी नराख्ने प्रतिवद्धता जनाउनुभयो ।
जेन्जी आन्दोलका क्रममा ध्वस्त इलाका प्रहरी कार्यालयको भवन र आवश्यकीय फर्निचर लगायातका बन्दोवस्तीका सामाग्रहरु यहाँका विभिन्न संघ संस्थाहरु लायन्स क्लव, जेन्जी समुह कनकाई, कनकाई सामुदायिक वन समुह, कनकाई उद्योग वाणिज्य संघ लगायातको सहकार्यमा व्यावस्थापन गरिएको छ यसैगरी इलाका प्रहरीको सवारी साधनमा आगो लगाएर ध्वस्त बनाइएको हुदा केहि महिनाका लागि कनकाई नगरपालिकाले भाडामा गाडी उपलब्ध गराइने र नयाँ गाडीको प्रबन्ध गर्न लागिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।
यसैविच प्रहरीको अनुपस्थिमा यस क्षेत्रमा डाईस खेलको विकृति बढेको जनगुनासो बढेसगै प्रहरीले यस्ता खेललाई आजैबाट हटाउन सुरु गरेको छ ।



